web analytics

पूर्वमन्त्री बिना मगरको पहलमा दोदा नदिमा तटबन्ध निर्माण गरिदै,स्थानीय जनता हर्षित

कञ्चनपुर/पूर्वमन्त्री बिना मगरको पहलमा दोदा नदिमा तटबन्ध निर्माण गरिने भएको छ ।बेलौरी नगरपालिका ५ भकुण्डा भएर बग्ने दोदा नदीमा तटबन्ध निर्माण गरिने भएको हो । निर्वाचन क्षेत्र १ की सांसद तथा पूर्वमन्त्री बिना मगरको विशेष पहलमा तटबन्ध निर्माण गरिन लागेको हो ।

बिहीबार बेलौरी नगरका मेयर पोतिलाल चौधरीले एक कार्यक्रमका विच तटबन्ध निर्माण कार्यको शिलान्यास गरेका छन । बेलौरीका मेयर चौधरीले पुर्व खानेपानीमन्त्री मगरको पहलमा बजेट हालेर तटबन्ध निर्माण गरिन लागेको बताए । बेलौरीको भकुण्डा क्षेत्रमा  तटबन्ध निर्माण पश्चात् नदि कटानको समस्या समाधान हुने आशामा स्थानीय जनता हर्षित भएका छ्न । स्थानीयले पूर्वमन्त्री  मगर र मेयर चौधरीलाई तटबन्धको योजना ल्याएको भन्दै आभार प्रकट गरेका छन । 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.