नेपाल परिवार दलबाट धनगढीको मेयरको टिकटमा युवा नेता खडक नागरीको दावी
कैलाली/नेपाल परिवार दलबाट धनगढीको मेयरको टिकटमा युवा नेता खडक नागरीले दावी गरेका छ्न ।
उहाँले आफू नेपाल परिवारको स्थापना काल देखि नै पार्टीमा सकृय रहेको र २०६४ सालमा जिल्लाको सदस्य रहेर काम गरेको बताउनुभएको छ । उहाँले २०६६ सालमा जिल्लाको सचिवको रुपमा काम गर्दै गर्दा संगठनलाई तीब्र गतिले अगाडी बढाएको, २०७२ सालमा केन्द्र र जिल्लाले मुल्यांकन गरि आफुलाई प्रदेश संयोजकमा मनोनीत गरिएको, आफू संयोजक भइसकेपछि कोभिड १९ को समयमा ९ वटा जिल्लामा राहत वितरण गर्न सफल भएको बताउनुभयो । जाडोमा कम्बल वितरण गरेको, आफ्नो पालामा २ करोड बराबरको राहतका ल्याउन सफल भएको पनि उहाँले बताउनुभयो ।
उहाँले आउँदो स्थानीय चुनावमा धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।



Comments are closed.