web analytics

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा रामनारायण कंडेल

कञ्चनपुर, १८ चैत्र ।
नेकपा (एकीकृत समाजवादी) निकट शिक्षक संगठन प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा रामनारायण कंडेल चयन भएका छन । बिहिवार पुनर्वासमा बसेको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको प्रथम भेलाबाट कंडेलको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन भएको हो ।
त्यसैगरी उपाध्यक्षमा विकल्प शर्मा, महिला उपाध्यक्ष तुलसी जोशी, सचिव प्रकास बडूवाल, सह सचिव लोक बहादुर थापा,कोषाध्यक्ष टेकराज भट्ट, सह-कोषाध्यक्ष
मिना कुँवर चयन भएका छन । यस्तै जिल्ला सदस्य तर्फ पुष्पराज ओझा, महादेव भट्ट, दल ब. रोकाया, शारदा पौडेल, खेमराज जोशी, राजु भट्ट, गोरख बहादुर विष्ट, जयलक्ष्मी, दयाराम राना, सुकदेव राना, रविलाल चौधरी, निमा राना, धर्मानन्द भट्ट, जानकी जोशी,दिपेन्द्र सिह भण्डारी, निर्मला भट्ट, भानुभक्त जोशी
हर्कराज जोशी , भोजराज खरेल, रेवती बोहरा, यज्ञराज पाण्डेय , मना खडका, सरस्वती भाट (विष्ट) , जमुना पाण्डेय,ईन्द्रावती राना, जलबिर सुनार, एसएन चौधरी, टेक ब.वि.क., राम ब. निदाल, मान ब. शाही चयन भएका छन ।
भने केन्द्रीय प्रतिनिधी तर्फ गणेश कुँवर, माधव प्रसाद पोखरेल, डिल्ली प्रसाद खरेल रहेका छन ।
प्रगतिशित राष्ट्रिय शिक्षक संगठन जिल्ला इन्चार्ज एवम केन्द्रीय सदस्य केशव साउदको अध्यक्षता तथा नेकपा एकीकृत समाजवादीका
सु.प. प्रदेश उप-सचिव एवम आर्थिक योजनामन्त्री तारालामा तामाङ्ग, समाजवादी कञ्चनपुरका इन्चार्ज एवम सामाजिक विकासमन्त्री लाल बहादुर खडका, समाजवादी जिल्ला सह-इन्चार्ज एवम पुर्व राज्यमन्त्री प्रकास बहादुर रावल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तथा पुनर्वास नगर प्रमुख जीवनराज थापा सहितको उपस्थितिमा सो प्रथम भेला सम्पन्न भएको हो ।
नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादीको जन्म भएसंगै प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको पनि जन्म भएको हो । देशको सतहत्तरै जिल्लामा आफ्नो संगठन विस्तार गर्ने क्रममा कञ्चनपुरमा पनि प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको नयाँ कार्यसमिति गठन भएको हो ।
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका नवनिर्वाचित अध्यक्ष रामनारायण कंडेल नेपाल राष्ट्रिय शिक्षक संगठन तथा नेपाल बुद्धिजीवी परिषदको जिल्ला नेतृत्वमा रहेर दशकौंदेखि काम गर्दै आएका व्यक्ति हुनुहुन्छ । उच्च मा.वि. तहको प्रधानाध्यापक तथा क्याम्पस चिफ समेतको जिम्मेवारी वहन गरीसक्नुभएका कंडेल मृदुभाषी र मिलनसार हुनुहुन्छ । आफुबाट हुनसक्ने सहयोग जोकोहीलाई गर्ने, सहयोग गर्दा राजनीतिक विचारधाराको विषयमा कहिले भेदभाव नगर्ने भएकै कारण उहाँ जिल्लामा लोकप्रिय हुनुहुन्छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.