बिरामीको मृत्यु भएपछि अत्तरीयाको पदमा अस्पतालमा तोडफोड
कैलाली/ बिरामीको मृत्यु भएपछि अत्तरीयाको पदमा अस्पतालमा तोडफोड भएको छ । शुक्रबार साँझ उपचारका लागि भर्ना भएका बिरामीको अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै स्थानियले तोडफोड गरेका हुन् ।
अहिले अत्तरिया बजार क्षेत्र तनावग्रस्त बनेको छ । गोदावरी नगरपालिका– ३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएको थियो ।
डायरियाका बिरामी बोहराको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलले बताए । मृतकका आफन्तले ढुंगा प्रहार गर्दा अस्पतालको अगाडीको सिसा फुटेको छ । मृतकका आफन्तले अस्पतालको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।




Comments are closed.