web analytics

दुवै मृगौला फेल भएका पुनर्वास आईबिआरडीका सुभाष पुलामी मगर सहयोगको आशामा

कञ्चनपुर/दुवै मृगौला फेल भएका पुनर्वास आईबिआरडीका ५५ वर्षीय सुभाष पुलामी मगरले सहयोग गरीदिन आग्रह गरेका छ्न ।
उनको दुवै मृगौला फेल भएपछि अहिले करिब ९ महिनादेखि उपचाररत छन् । उनको उपचार काठमाडौ स्थित सुमेरु हस्पिटलमा दुई महिना भएपनि हाल ७ महिनादेखि चिरायु हस्पिटल काठमाडौमै भइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
मृगौला पीडित मगरको परिवारले स्वास्थ्य अवस्थामा सुधार ल्याउन आर्थिक सहायता गर्न सम्पूर्ण सहयोगी मनहरुमा अपिल गरेका छन् । उनलाई सहयोग गर्न चाहने व्यक्तिहरुले ९८०६४२७१५५, ९८१२६२४७३७ मा सम्पर्क गरी हेमराज पुलामी मगरको प्रभु बैकको खाता नम्बर १८३०१७५२९९१०००१३, माछापुच्छ्रे बैकको खाता नम्बर १०६५५२४८३५७४६०१४ मा आर्थिक जम्मा गर्न सक्नुहुनेछ ।
यसैबीच मगरको उपचारमा केही राहत पुर्‍याउन आईबिआरडी बजारबासीहरुले आईतबार ५६ हजार ७ सय रुपैयाँ सहयोग गरेको छन ।
उनको उपचारका लागि पुनर्वास-३ का वडा सदस्य दुर्गा बि.क., कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष मुरली सुनार लगायत बजार व्यवसायी र बासीहरुको सहयोगबाट आई.बी.आर.डी. बजारमा आर्थिक संकलन गरेका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.