web analytics

एमाले कञ्चनपुरले आज स्थानीय निर्वाचनका लागि प्रमुख उपप्रमुखको आकाँक्षी छान्दै

कञ्चनपुर /नेकपा(एमाले) कञ्चनपुरले स्थानीय तह निर्वाचनका लागि स्थानीय तहका प्रमुख उप प्रमुखका आकाँक्षीको छान्न लागेको छ । त्यसका लागि आज ९ ओटै पालिकामा उम्मेदवारका आकाँक्षी चयनका लागि भेला गरिएका छन् ।
सबै पालिकाले भेलाका लागि आ–आफ्नो समय तालिका बनाएका छन् । एमाले जिल्ला कमिटीले केही दिन अघि पालिकाका प्रमुख उप प्रमुखका आकाँक्षीको नाम जिल्ला कमिटी सिफारिश गर्न निर्देशन दिएको थियो ।

वडा अध्यक्ष र सदस्यका आकाँक्षीको नाम चैत २४ गतेदेखि संकलन गरिएका छन् । उम्मेदवारका आकाँक्षीका नाम आइतबारसम्म जिल्ला कमिटीमा पठाउनु पर्ने समय दिइएको छ ।
एमाले कञ्चनपुरका कार्यालय सचिव अर्जुन कार्कीले सबै स्थानीय तहका प्रमुख प्रमुखका आकाँक्षीको नाम संकलनका लागि भेला गरिएको बताए । ‘सबै पालिकाले भेलाका लागि आ–आफ्नो समय तोकेका छन्’ उनले भने,‘त्यस अनुसार आज आकाँक्षीका नाम छानिने छन् ।’

प्रमुख उप प्रमुखका आकाँक्षी सहित भेलामा वडा अध्यक्ष र सदस्यका लागि आएका आकाँक्षीहरुमा पनि छलफल गरिने कार्यालय सचिव कार्कीले बताए । वडा अध्यक्ष सहित सदस्यको नाम आइतबारसम्म जिल्ला कमिटीमा आउनु पर्नेछ ।
पालिकाले प्रमुख प्रमुखको नाम जिल्ला कमिटीमा सिफारिश गरेपछि प्रदेश कमिटीले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ । वडा अध्यक्ष र सदस्यको टुङ्गो जिल्ला कमिटीबाट लगाइनेछ ।

सत्तारुढ नेपाली काँग्रेसले सबै पालिकामा प्रमुख उप प्रमुख सहित वडा अध्यक्ष र सदस्यका आकाँक्षीको नामावली संकलन गरि सकेको छ । सत्ता साभेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अझै उम्मेदवार छनौट सुरु गरेका छैनन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.