बेदकोट माओवादी केन्द्रद्वारा वडा स्तरका नेता कार्यकर्तालाई एकसाथ प्रशिक्षण
कञ्चनपुर/नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेदकोट नगरका
सबै वडाहरुमा एक साथ चुनावी राजनीतिक प्रशिक्षण दिएको छ ।
माओवादी केन्द्र बेदकोट नगरका सचिव दान बहादुर बमले आशन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर
बेदकोट नगरका १० वटै वडाहरुमा एकसाथ प्रशिक्षण कार्यक्रम गरीएको बताए । उनका अनुसार १देखि १० नम्बरका सबै वडाहरुमा प्रदेश, जिल्ला,पालिका स्तरका शिर्ष
नेताहरुले वडा स्तरका नेता कार्यकर्ताहरुलाई चुनावी राजनीतिक प्रशिक्षण दिएको बताए । माओवादी केन्द्र
बेदकोट नगरका अध्यक्ष लाल परियारले वडा स्तरमा प्रशिक्षणसंगै उम्मेदवार छनौटको काम समेत शुरुवात गरिने बताउँदै पार्टीका चुनावी एजेण्डा लिएर नेता कार्यकर्ता जनताको घरदैलोमा जाने बताए ।
जसको नीति उसैको नेतृत्व नहुँदा जनताले चाहे अनुरुप काम गर्न नसकिएको माओवादी नेताहरुको भनाई छ ।
माओवादी केन्द्र वडा स्तरका नेता कार्यकर्ताहरुले जनता माओवादीकै पक्षमा भएको र माओवादीले ल्याएका
उपलब्धी बारे बुझाउन नसक्दा जनताले जनमत अर्को पार्टीलाई दिईरहेकाले जनतालाई स्पष्ट बुझाउनुपर्ने बताए | माओवादी केन्द्रले ल्याएका उपलब्धी संस्थागत गर्दै
गाँउलाई समृद्ध बनाउन समेत माओवादी केन्द्रकै नेतृत्व अपरिहार्य रहेकाले चुनावी अभियानमा खटिन समेत नेताहरुले कार्यकर्तालाई निर्देशन दिएका छन । माओवादी
केन्द्रले नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिदै उम्मेदवार छनौटको काम समेत वडास्तरबाटै छनौट गरेर माथिल्ला कमिटिमा पठाइने जानकारी गराएका छन ।



Comments are closed.