लालझाडीको बैजनाथ बहुभाषिक आभारभूत विद्यालय परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएपछी
कञ्चनपुर/ लालझाडी गाउँपालिका ४ स्थित बैजनाथ बहुभाषिक आभारभूत विद्यालय परीक्षा केन्द्रबाट कक्षा ८ को विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको छ । विद्यालयले प्रश्नपत्र बाहिरिएइको स्थानीयले बताएका छन् ।
चैत २२ देखि सुरु गरिएको परीक्षाका लागि यस विद्यालयमा ४ विद्यालयको परीक्षा केन्द्र तोकिएको छ । गाउँपालिकाको शिक्षा शाखा अधिकृत सिद्ध राज भट्टको कार्यकक्षमा प्रश्न पत्र तयार पारिएको थियो ।
शिक्षकहरुका अनुसार २१ गते साँझ नै ३० विद्यार्थीहरूलाई प्रश्नपत्र आउट गरेको पाइएको छ । आइतबार विभिन्न ४ विद्यालयका शिक्षक र स्थानीयहरूले उक्त विद्यालयमा तालाबन्दी गरी परीक्षा रद्द गरिनु पर्ने माग राखेका छन् ।
उनीहरूले नयाँ प्रश्नपत्र तयार गरिनु पर्ने, परीक्षा केन्द्र सारिनुपर्ने लगायतका माग राख्दै विद्यालयमा तालाबन्दी गरेका छन् । उता गाउँपालिकाका शिक्षा अधिकृत भट्टले भने प्रश्नपत्र बाहिरिएको प्रमाण खोजिरहेका जनाए । उनले प्रमाण भेट्टाए कार्वाही अगाडी बढाइने जनाए ।




Comments are closed.