web analytics

पुनर्वास नगरपालिकाको सभा कक्ष मेयरले पार्टीको गतिविधिमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेस नगर समितिको विरोध (विज्ञप्ति सहित)

कञ्चनपुर । पुनर्वास नगरपालिकाको सभाकक्ष नेकपा एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले एकलौटीरुपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै विरोध गरेको छ ।
नेपाली कांग्रेस पुनर्वास नगरसभापति शुक बहादुर तामाङले विज्ञप्ति मार्फत नगरप्रमुखको ध्यानाकर्षण गराएका छन ।

यसअधि पनि नगरप्रमुख जीवनराज थापाले नगरपालिकाको कार्यकक्षमा आफ्नो पार्टीको कार्यक्रमहरु गर्ने तर अन्य दललाई गर्न नदिने गरेको गुनासो नआएको भने होइन तर यस पटक नेपाली कांग्रेस नगर कमिटीले भने विज्ञप्ति नै जारी गर्दै विरोध जनाएको हो ।

सत्ता गठबन्धन भित्रका दल बीच चुनावी तालमेल गरेर जाने केन्द्रिय निर्णयका बाबजुद पुनर्वास नगरपालिकामा भने नेपाली कांग्रेसले पटकपटक चेतावनी दिँदै आईरहेको छ । हिजो बसेको गठबन्धनको केन्द्रीय तहको निर्णय अनुसार पुनर्वास नगरपालिका एकीकृत समाजवादीले नै पाउने लगभग तय भएको छ । त्यसमा, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत रहेका पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले नै टिकट पाउने निश्चितप्राय छ । गठबन्धनका तर्फबाट उम्मेदवार बन्दै गरेका थापालाई सघाउनु पर्ने गठबन्धन भित्रको सबैभन्दा ठूलोदल कांग्रेसले भने यस अधि नै पुनर्वास नगरपालिकामा गठबन्धन आवश्यक नरहेको भनी विज्ञप्ति जारी गरिसकेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर एकको कमिटीले समेत गठबन्धन आवश्यक नरहेको बताउदै विज्ञप्ति जारी गरेको थियो । यसैविच पुनर्वास नगरपालिकाका नगरप्रमुख समेत रहेका थापाको अन्य दल प्रति गर्ने व्यवहारको विरोध गर्दै विज्ञप्ति आएपछि यसतर्फ सबैको चासोको बढेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.