पुनर्वास १० को वडाध्यक्षमा माओवादी केन्द्र तर्फबाट विद्यार्थी नेता यादवसिंहको दाबी
- कञ्चनपुर/पुनर्वास १० को वडाध्यक्षमा माओवादी केन्द्र तर्फबाट विद्यार्थी नेता यादवसिंहले दावी गरेका छ्न । आगामी बैशाख
३० मा हुन गईरहेको स्थानीय निर्वाचनमा आफ्नो लोकप्रियताका कारण आफू बिजय हुने नेता सिंहको दावी रहेको छ ।
एक दशक देखि विद्यार्थी राजनीतिमा होमिएका यादवसिंह अहिले अखिल क्रान्तिकारीका प्रदेश कमिटी सदस्य रहेका छन। हरेक सामाजिक काममा अग्रपंक्तिमा देखिने उनी लामो समयदेखि पार्टी संगठन बनाउने अभियानमा लागि रहेका छ्न। पार्टीका लागी जिउज्यान लगाएर लाग्ने सिंह युवा विद्यार्थी वर्तमान समाज रुपान्तरण र भोलिको भविस्य हुन भन्ने मान्यता राख्छ्न । र समाजमा बेग्लै छवि बनाएका सिंह पछिल्लो समय आफ्नो दावी जायज रहेको बताउँछन। अहिलेको राजनीति घटनाक्रम हेर्ने हो भने युवा विद्यार्थीहरु राजनीतिदेखि दिक्दार भएका र राजनीति देखि टाढा नै रहन खोज्ने गर्दछन र राजनीतिमा पुरानै अनुहार हेरेर दिकदार भएको र आफू युवा विद्यार्थीको नेतृत्व गर्न सक्षम हुनाले अहिले को स्थितिमा समाज र वडाले उर्जाशिल क्षमतावान युवा खोजेको र आफ्नो दावी जायज रहेको बताउछ्न।
पुनर्वास १० मा ४ जनाको प्रतिस्पर्धा रहेको जसमा १ जना निवर्तमान अध्यक्ष सुकदेव राना,गगन सिंह धामी, शरबन राना रहेका छ्न । चार प्रतिस्पर्धीमा सिंह सबै पक्षबाट अब्बल रहेको कारण यसपटकको निर्वाचनमा सिंहलाई मौका दिनुपर्ने स्थानीयको माग रहेको छ ।



Comments are closed.