web analytics

नेकपा माओवादी केन्द्रद्वारा पुनर्वासको आईविआरडीमा कार्यालय उदघाट्न

कञ्चनपुर/नेकपा माओवादी केन्द्रले स्थानीय चुनावको मुखैमा पुनर्वासको आईबिआरडीमा नगर कार्यालय उद्घाटन गरेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बिहीबार माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम पुर्वमन्त्री बिना मगरले पार्टी कार्यालय
उद्घाटन गरेकी हुन ।
उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेताहरुले माओवादीकै संघर्षकै कारण देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशिता आएको र यसलाई जोगाउने र संस्थागत गर्ने अभिभारा पनि माओवादीको काँधमा आएकाले जनताले बुझेर आगामी निर्वाचनमा आफ्नो मतको प्रयोग गर्न आव्हान गरेका थिए ।
नेताहरुले वर्तमान अवस्थामा माओवादीकै एजेण्डामा देश चलिरहेपनी नेतृत्वमा माओवादी नभएका कारण सहि तरिकाले देश अगाडी बढन नसकेको बताए । देश निर्माण गर्न तथा जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धिलाई जोगाईराख्न पनि माओवादीलाई देशको नेतृत्व दिनुपर्ने वक्ताहरुको भनाई थियो ।
। कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिना मगर, अर्का केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, प्रदेश सहसचिव राम बहादुर देउकर(रक्तबिज) सहितका नेताहरुले शुभकामना मन्तव्य दिदै नेता कार्यकर्तालाई चुनाव केन्द्रीत परिचालित हुन र पार्टीका एजेण्डा लगेर जनताको घरदैलोमा जान आव्हान गरेका थिए। माओवादी केन्द्र पुनर्वास नगरका अध्यक्ष धोखे रानाको अध्यक्षतामा भएको कार्यक्रममा पुनर्वासका स्थानीय नेता कार्यकर्ता, विभिन्न जनवर्गिय संघ संगठनका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । पालिका स्तरमा पाटी कार्यालय स्थापनापछि वडास्तरमा समेत कार्यालय स्थापना गरीने नेताहरूले बताएका छ्न ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.