नेपाली राजनीतिमा गठबन्धन
विचार, उद्देश्य र स्वार्थ मिलेपछि मान्छेहरु मिलेर हिडछ्न । तर संसार गतिशील र परिवर्तनशील छ । आज मिलिरहेका पात्रहरू भोलि विचार, उद्देश्य र स्वार्थ मिल्न छाडेपछि अलग अलग पनि हुन्छ्न ।
वर्तमान नेपाली राजनीतिको परिदृष्य हेर्दा यस्तै देखिन्छ । विचार, उद्देश्य र स्वार्थ मिलुञ्जेल अनन्य मित्र बनेका दलहरू त्यसमा परिवर्तन आउने बित्तिकै कडा आलोचक बन्न पुग्छ्न ।
विगतमा लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता वर्तमान संविधानका मूलभूत सिद्धान्तहरुको विरुद्ध धावा बोल्ने काम गरीयो । यसैलाई रोक्न लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु मिलेर प्रतिगमनकारी शक्तिका विरुद्ध लडनुपर्ने आवश्यकता देखियो । यसै उपादेयताका लागि गठबन्धन जन्मेको हो । सतही हिसाबले हेर्दा र बुझ्दा पद र सत्ता प्राप्तिका लागि गठबन्धन गरीए जस्तो देखिएपनी वास्तविकता त्यस्तो हैन । अहिलेको गठबन्धन जनआन्दोलन, जनयुद्धका दौरान हज्जारौं सहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई जोगाउन र यसलाई संस्थागत गर्न गरिएको हो । यसमा स्पष्ट हुनुपर्छ । यदि अग्रगमकारी गठबन्धन कमजोर भयो र सत्तामा प्रतिगमनकारी शक्ति पुग्यो भने देशमा पुन: तानाशाह जन्मने र हज्जारौं जनताको बलिदानीबाट आएको लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा छ ।
अहिले नेपाली राजनीतिमा तिब्र ध्रुवीकरण देखिएको छ । एकातिर एउटा शक्ति छ, जो दर्जनौं आन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धिलाई जोगाएर यसलाई संस्थागत गर्न चाहन्छ । हजारौं सहिदहरुको रगत र पसिनाबाट आर्जित संविधान जोगाउन भरमग्दुर प्रयास गरीरहेको छ । अर्कोतिर अर्को शक्ति छ, जसले वर्तमान उपलब्धिलाई उपलब्धि नै मान्दैन । दर्जनौ आन्दोलनबाट प्राप्त उपलब्धिलाई खिल्ली उडाउँछ । जनयुद्धबाट केही उपलब्धि भएको थियो भन्ने कुरामा विश्वास नै गर्दैन । संघीयता, धर्मनिरपेक्षता र समावेशी समर्थक दलहरूलाई दिनरात सत्तोसराप गरेर पुरानै सामन्ती सत्ताको तरफदारी गरिरहन्छ । र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिलाई कमजोर बनाउने प्रयास गर्दछ । जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धिहरु जो वर्तमान संविधानका मूलभूत तत्वहरु गणतन्त्र, संघीयता, समावेशीता, धर्म निरपेक्षतालाई हटाएर विगतकै २०४७ सालको संविधान फर्काउन चाहन्छ ।
आगामी बैशाख ३० गते हुन गईरहेको चुनावमा यीनै दुई शक्ति विच प्रतिस्पर्धा हुने देखिन्छ । अहिले चुनावी गठबन्धन पनि यस्तै दुई वैचारिक धारका पार्टीहरुको विचमा भईरहेको छ । जनताले लोकतान्त्रिक गणतन्त्रवादी शक्तिलाई रुचाउँछ कि गणतन्त्र विरोधी, हिन्दुराज्य र संवैधानिक राजतन्त्रमा विश्वास गर्ने शक्तिलाई रुचाउँछ? त्यो भने हेर्न बाँकी छ । प्रतिक्रियाका लागि losunil143@gmail.com



Comments are closed.