web analytics

पुनर्वासमा नेकपा एमालेका तर्फबाट मेयरमा पदम पुजारा

कञ्चनपुर/ पुनर्वासमा नेकपा एमालेका तर्फबाट मेयरमा पदम पुजाराको नाम टुंगो लागेको छ । त्यसैगरी उपमेयरमा शुशिला खत्रीलाई उम्मेदवारको रुपमा उठाउने निर्णय गरीएको छ ।
“उम्मेदवारको टुंगो लाग्यो । भोलि दिउँसो चार बजे मनोनयन दर्ताको कार्यक्रम छ । सबैबाट सहयोगको अपेक्षा राखेका छौ “मेयर पदका प्रत्यासी पदम पुजाराले समाचार विशेषसंगको कुराकानीमा बताए ।
त्यसैगरी नेकपा एमालेले पुनर्वास सहित कञ्चनपुरका ९ वटै पालिकामा उम्मेदवार टुंगो लगाएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कञ्चनपुरका सबै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी टुंगो लगाएको हो ।
एमालेले भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी कुुँवर, दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्दलाई उम्मेदवार बनाएको छ ।
यसैगरी, वेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, उपमेयरमा मोनिका भण्डारीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्रप्रसाद पन्त, उपमेयरमा रमिता राना बडायक, बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा र उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार बनाएको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बताए ।उनका अनुसार लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुुमारी राना उम्मेदवार बनाउने निर्णय भएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.