इतिहासमै सर्वाधिक बजेट पुनर्वासमा, तारा लामा ५ महिना अर्थमन्त्री हुँदा आएका योजनाहरु(९० करोड बजेटको सुची सहित)
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले इतिहासमा अहिलेसम्मकै सर्वाधिक बजेट पाएको छ । योजना र विकासमा सधै पछाडि पर्दै आएको पुनर्वासले यसपटकभने सानाठुला सबै योजनाहरु पाएको छ । पटकपटक पुनर्वास क्षेत्रबाट निर्वाचित हुने जनप्रतिनिधिले जनताको आँखामा छारो हाल्दै आईरहेका थिए । यस पटक पुनर्वासमा बजेटको वर्षा ल्याउने पात्र हुन कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट विजयी भएका तारा लामा तामाङ ।
तामाङ नेकपा एमाले बाट निर्वाचित सांसद हुन । एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेपछि सोही पार्टीमा खुलेका तामाङले प्रदेश सरकारको आर्थिक मामिला मन्त्री हुने अवसर पाए । पुनर्वास क्षेत्रमा मन्त्री पदको लोभमा पार्टी छोडेको भनेर आलोचना पनि नभएको होइन तर मन्त्री भएपछी पुनर्वासमा भित्रिएको बजेटले आलोचकहरुलाई समेत प्रसंशक बनाईदिएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारको मन्त्री हेरफेर हुँदा तामाङले मन्त्री पदबाट बिदा लिनुपर्यो तथापि ठुला बजेट आउने क्रम रोकिएको छैन । भर्खरै मात्र पुनर्वासको बिचफाँटा(जिरो पोईन्ट)देखि इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती सम्म कालोपत्रेको ठेक्का आह्वान भएको छ । विदेशी संस्थाले बनाउने भनेर कृषि सडक नाम राखिएको यस सडकको स्तरउन्नतिको काम भएता पनि कालोपत्रे हुन नसक्दा बाटो भत्किदै गएको छ । यस सडकखण्डको बजेट २१ करोड ५० लाख रुपैयाको ठेक्का आह्वान भएको छ ।
त्यस्तै दोदा नदि देखि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती सम्मको लोकतान्त्रिक सडकको लागि १६ करोड ठेक्का आह्वान भएको छ । सिम्री देखि गणेशबस्तीसम्मको सडक कालोपत्रेका लागि १० करोडको ठेक्का आह्वान हुने प्रक्रियामा छ ।
पुनर्वास ४ को कोटिहोम मन्दिर देखि पुर्व कृषि सडक हुँदै पुनर्वास नगरपालिका कार्यालयसम्म १० करोडको ठेक्का आह्वान हुने क्रममा रहेको छ ।
अन्य थुप्रै योजनाहरुको सुची हेर्नुस्…




Comments are closed.