web analytics

नेपाली काङ्ग्रेस पुनर्वास ६ मा वडाध्यक्ष पदका लागि विवाद, सुकमाया मोक्तानको दाबी कायमै

कञ्चनपुर/नेपाली काङ्ग्रेस पुनर्वास ६ मा वडाध्यक्ष पदका लागी विवाद परेको छ । सञ्चारमाध्यममा कल्पना श्रेष्ठ सर्वसम्मत भएको भन्ने समाचार आएपछि वडाध्यक्ष पदका आकांक्षी तथा क्षेत्रीय प्रतिनिधि सुकमाया मोक्तान, नेपाली काङ्ग्रेस वडानम्बर ६ का उपसभापति दिनेश थापा र वडा सचीव लाल बहादुर पौडेलले आफुहरु अचम्मित भएको बताएका छ्न ।
नेपाली काङ्ग्रेस वडानम्बर ६ का पार्टी सचीव लाल बहादुर पौडेलले आफुहरुलाई कुनै वास्ता नगरी र नसोधिकन यस्तो निर्णय भएकोमा आफ्नो आपत्ति रहेको बताए ।
नेपाली काङ्ग्रेस वडानम्बर ६ का पार्टी उपसभापति

दिनेश थापाले वडाध्यक्ष पदको उम्मेदवारीमा कुनै सर्वसम्मती नभएको र आफ्नो अनुपस्थितिमा यस्तो निर्णय बताउँदै भएकाले यसबारेमा आफू अनभिज्ञ रहेको बताए ।आफुहरुसंग सल्लाह नै नगरी कल्पना श्रेष्ठको नाम सिफारिस गरिएको भन्दै सुकमाया मोक्तानले पुनर्वास ६ को वडाध्यक्ष पदमा आफ्नो दाबी कायम रहेको बताएकी छिन ।। उनले पार्टीका लागि तनमनधन लगाएर काम गरेपनी आफू विरुद्ध षड्यन्त्र गरिएको बताईन। आफूलाई अन्यायमा परेको र पुन: आमभेला बोलाई यो कदम उल्टाउन माथिल्ला कमिटीहरुलाई निवेदन दिएको समेत जानकारी गराईन । आकांक्षी मोक्तानले आफू विरुद्ध भएको षड्यन्त्र र अन्यायको सन्दर्भमा भोलि विहिवार पत्रकार सम्मेलन गर्ने समेत बताइन् ।

नेपाली काङ्ग्रेस पुनर्वासका नगर सभापति सुक बहादुर तामाङले एकचोटि सर्वसम्मत भईसकेको कुरा पुन: फेर्न नसकिने बताए । वडा सभापतिले थुप्रैपटक आमभेला बोलाएर पटकपटक छ्लफल गरेर सर्वसम्मत रुपमा कल्पना श्रेष्ठको नाम सिफारिस गरीसकेकाले यसलाई आफुले माथी फरवार्ड गरीसकेको अवस्थामा पुन: आमभेला बोलाउन आफुले नै रोकेको बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.