पुनर्वास नगरपालिकाका लागि नेकपा(एस)बाट मेयर पदमा ४ जनाको नाम सिफारिस
पुनर्वास नगरपालिकाका लागि नेकपा(एस)बाट ४ जनाको नाम सिफारिस
नेकपा (एकीकृत समाजबादी) पार्टीको बैठकले बुधबार मेयर पदको उम्मेदवारमा ४ जनाको नाम सिफारिस गरेको छ । सुदुरपश्चिममै एकीकृत समाजवादीको भागमा पुनर्वास नगरपालिका पर्ने चर्चा चलिरहदा पुनर्वास नगरपालिकाको प्रमुख पदको प्रसंग धेरैको चासोको बिषय बनेको छ । बुधबार पार्टीले मेयर पदमा ४ जनाको नाम सिफारिस गरेपनि बहालवाला नगरप्रमुख समेत रहेक जीवनराज थापाको चर्चा धेरै छ । मेयर पदमा सिफारिस हुनेहरुमा आरपि साकी, स्थिर प्रसाद घिमिरे, पुर्णा कुमारी गुरुङ र जीवनराज थापा हुन ।

त्यस्तै उपप्रमुखमा टेक बहादुर थापा, पार्वती हमाल र दिलिप तामाङको नाम सिफारिस भएको एकीकृत समाजवादी पार्टी पुनर्वास नगरकमिटीले जनाएको छ ।




Comments are closed.