web analytics

एमाले भिमदत्तनगरद्वारा नगरप्रमुखमा तीनजनाको नाम सिफारिस

कञ्चनपुर/स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले भीमदत्त नगरपालिकाको प्रमुखमा तीन जनाको नाम सुुदूरपश्चिम प्रदेश कमिटीलाई सिफारिश गरेको छ । मेयरका आकाँक्षीमध्ये एक महिला सहित तीन जनाको नाम सिफारिश गरिएको हो ।

एमाले स्रोतका अनुसार मेयरका लागि एमाले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्द र कमला देवकोटाको नाम सिफारिश गरिएको छ । मेयरमा सिफारिश गरिएका तीन सहित ६ जना आकाँक्षी थिए ।

एमालेले सिफारिश नाम आधिकारिक रुपमा बाहिर ल्याएको छैन । प्रदेश कमिटीबाट टुङ्गो लागेर आएपछि मात्रै नाम सार्वजनिक गर्ने पक्षमा एमाले देखिएको छ ।

मेयरमा सिफारिश खरेल अघिल्लो निर्वाचनमा पनि मेयरका आकाँक्षी थिए । उनी भीमदत्त नगरपालिकाका पूर्व उप मेयर हुन् । २०५४ को स्थानीय निकाय निर्वाचनमा उनी उप मेयरमा निर्वाचित भएका हुन् ।

मेयरका लागि सिफारिश गरिएका चन्द एमालेको आठौं जिल्ला अधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उप सचिव निर्वाचित भएका थिए । उनी एमालेका प्रचार विभाग प्रमुख र निर्वाचन क्षेत्रका संयोजक छन् ।

मेयरका लागि सिफारिश देबकोटा एमालेको निर्वाचन क्षेत्र नं. ३ (ख) प्रदेश संयोजक छन् । उनी २०७४ को निर्वाचनमा भीनपा १८ बाट वडा सदस्यमा निर्वाचित भएर कार्यपालिका छन् ।

एमालेले भीमदत्त सहित ९ ओटै पालिकाको प्रमुख उप प्रमुखका लागि आकाँक्षीको नाम प्रदेश कमिटीलाई पठाएको छ । लालझाडी बाहेक अन्य सबै तहबाट तीन÷तीन जनाको नाम पठाइएको छ । लालझाडीमा भने निर्मल राना एमालेका सर्वसम्मत अध्यक्षका उम्मेदवार भएका छन् ।

भीमदत्तको उप मेयरमा भारती सिह, सानु महरा र भुँवक कुँबरको नाम सिफारिश गरिएको एमाले स्रोतको दाबी छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.