web analytics

कञ्चनपुर कांग्रेसमा टुङ्यायो नौ वटै पालिकामा प्रमुख/उपप्रमुख, चुनाव हारेका जोडीलाई मौका

कञ्चनपुर/नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवारी टुंग्याएको छ । ९ वटै पालिकामा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष पदमा उम्मेदवारी टुंग्याएको हो ।

‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले भने, ‘जिल्ला कार्य समितिले निर्णय गर्न बाँकी छ ।’

कांग्रेसले भीमदत्त नगरपालिकाको मेयरमा पदम बोगटी र उपमेयरमा निलम लेखकलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस जिल्ला सभापतिसमेत रहेका बोगटी २०७४ सालको चुनावमा एमालेका सुरेन्द्र बिष्टसँग पराजित भएका थिए ।

दोधारा चाँदनीको मेयरमा गोपालदत्त भट्ट र उपमेयरमा गंगा जोशीलाई उठाउने सहमति भएको छ । यसैगरी, बेदकोटको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशीको उम्मेदवारी पक्का भएको छ । दुबै जनाले अघिल्लो चुनावमा पराजय भोगेका थिए ।

पुनर्वासको मेयरमा तोयानाथ शर्मा र उपमेयरमा भुलिया राना आएका छन् । अघिल्लो चुनावमा दुबै जना निरास भएका थिए । बेलौरी नगरपालिकाको मेयरमा होसियार बिष्ट र उपमेयरमा खिना भण्डारीलाई उम्मेदवार बनाएको छ ।

यी दुबै अघिल्लो चुनावमा पराजित भएका थिए । यसैगरी, कांग्रेसले शुक्लाफाँटाको मेयरमा चिन्तामणी भट्ट, उपमेयरमा कल्पना पन्त, कृष्णपुरको मेयरमा हेमराज ओझा, उपमेयरमा द्रोपदी रानालाई उम्मेदवार बनाएको छ ।

लालझाडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना उपाध्यक्षमा राधा राना र बेलडाँडीको अध्यक्षमा हरिषचन्द्र रानालाई कांग्रेसले उम्मेदवार बनाएको छ । कांग्रेसले २०७४ सालको स्थानीय निर्वाचनमा चुनाव हारेकालाई फेरी मौका दिएको छ ।

जितेका पालिकामा भने नयाँ अनुहार देखिएका छन् । कांग्रेसले अघिल्लो निर्वाचनमा दोधाराचाँदनी र शुक्लाफाँटा नगरपालिकामा चुनाव जितेको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.