पुनर्वास नगरपालिकाको समग्र विकासका लागि मेरो उम्मेदवारी- नगर उपप्रमुख पदका उम्मेदवार धाेखे राना
कञ्चनपुर/पुनर्वास स्थानिय निर्वाचन २०७९ का लागि कञ्चनपुरकाे पुनर्वास नगरपालिकाकाे उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट धाेखे राना उमेद्वार बनेका छन। निर्वाचनका लागि उमेदवार धाेखे रानाले पुनर्वासमा विकासका लागि विभिन्न याेजनासहित चुनावी प्रचार प्रसारमा लागेका छन ।
पुनर्वासकाे समग्र विकासका लागि आफ्नाे उमेदेवारी रहेकाे उनी बताउछन । नगरकाे विकासका लागि आफु सँग ब्यवहारिक याेजना रहेकाे बताउँदै उनले आगामी पाँच बर्षमा नगरकाे मुहारनै फेरीने बताउछन । रानाथारू समन्वय समितिका सँयाेजक समेत रहेका उनी सेवा मुलक ब्यवसाय समेत गर्दै आएका छा । विभिन्न सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आएका राना लामाे समय देखि सक्रिय राजनीतिमा लागेका व्यक्ति हुन । पुनर्वास नगरपालिकालाई स्वच्छ एवम हरियाली नगरकाे रूपमा बिकसित गर्ने , थारू समुदायकाे भलमन्सा प्रथालाई कानुनी मान्यता, आन्तरिक आयश्राेत बृद्धी गर्न ताल तलैया तथा धार्मिक स्थलकाे सँरक्षण तथा प्रवर्द्धन गर्ने याेजना रहेकाे उनी बताउछन । प्रत्येक वडामा रहेका सामुदायिक विद्यालयमा अँग्रेजी माध्यमबाट पढाई शुरू गरिने , प्रत्येक वडामा अत्याधुनिक सेवासुबिधा सम्पन्न स्वास्थ्य केन्द्रकाे स्थापना गरिने, निशुल्क एम्बुलेन्स सेवा शुरू गरिने , फाेहाेर ब्यवस्थापनका लागि डम्पिङ साईट तथा ढलकाे निर्माण गरिने मुख्य याेजना रहेकाे धाेखे राना बताउछन ।
पुनर्वास नगरपालिकामा रहेका बिपन्न परिवार, दलित तथा आदिवासी जनजाति मुदायका लागि निशुल्क बिऊबिजन तथा तालिम दिईने , भारत सँग जाेडिएका खुला सिमालाई ब्यवस्थित बनाउन केन्द्रिय सरकार सँग पहल गरी अबैध नाका बन्द गराउने, उद्यमी महिलाका लागि सस्ताे ब्याजदरमा ऋण उपलब्ध गराउने, महिला क्षमता विकासका लागि निशुल्क तालिम सञ्चालन गरिने, युवायुवतीलाई स्वराेजगार बनाउन बिभिन्न निशुल्क तालिमका साथै प्राबिधिक तथा आर्थिक सहयाेग गरिने, पुनर्वास नगरपालिका भित्र बसाेबास गरिरहेका आरक्ष पिडित, बाढी पिडित तथा हलिया कमलहरी सुकुम्बासीकाे उचित ब्यवस्थापन लगायतका याेजना रहेकाे उनी बताउछन ।
उपप्रमुखमा आफु निर्वाचित भईसके पछि प्रतिबद्धता गरेका याेजना कार्यान्वयनका लागि आफु कहिल्यै पछि नहट्ने धाेखे रानाकाे भनाई रहेकाे छ । स्थानीय निकायमा ऐन बनाई थारू समुदायमा रहेकाे भलमन्सा प्रथालाई कानुनी मान्यता दिनुका साथै भलमन्साका लागि अभिमुखिकरण तालिम र प्रत्यक महिना सामाजिक सुरक्षा भत्ताकाे ब्यवस्था समेत गरिने नेकपा माओवादी बाट उपप्रमुखका उमेदवार धाेखे राना बताउछन । गाेलाकार भित्रकाे हँसिया हथौडामा भाेट दिई विजयी बनाईदिनु हुन आम मतदातालाई अनुराेध समेत गरेका छन ।



Comments are closed.