web analytics

गठबन्धनको कुनै जोड छैन, जितिन्छ र काम गर्ने प्रतिबद्धतामा कटिबद्ध भएर लागिन्छः अध्यक्ष गौतम !

वैशाख २४

 

 

बाँसगढि/आसन्न स्थानिय तहको निर्वाचन आउन अब केही दिनमात्रै बाँकी छ । जतिजति चुनाव नजिकिंदै छ त्यति त्यति उम्मेदवारहरुलाई जनताको मत आफ्नो पोल्टामा पार्नलार्ई निकै कसरत गरिरहन परेको छ । निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारहरु आफ्नो पार्टीको घोषणा पत्र लिएर घरदैलोमा जाने कार्यक्रमको पानि पहिलो र दोश्रो चरण लगभग सक्किंदै छ । मतदाताहरु भने आफ्ना घर आँगनमा आएका कुन दलका कुन उम्मेदवारलाई भोट दिने भन्ने विषयमा अझैं अन्योल नै छन् ।

एकातिर पाँच दलको गठबन्धन र अर्कातिर नेकपा एमालेको एक्लो प्रतिस्पर्धाले नै चुनावी माहोललाई थप रौनक र कौतुहल्ता बनाई रहेको छ । पाँच गठबन्धनले स्थानिय तहमा बाजी मार्ला ? या हार्ला ? यो सबैकालागी कौतुहल्ताको विषय नै बनेको छ । नतिजा कस्को पक्षमा कति जान्छ त्यो भने बैशाष ३० गते पछिको मत परिणामले नै बताउने छ । तर अहिले भने सबैको ध्यान स्थानिय तहको निर्वाचनमा केन्द्रित छ । यसैबीच साईन्ट भएर राजनीतिको भूमण्डरी मच्चिने बर्दियामा पनि स्थानिय तहको चुनावि माहोल अन्य जिल्लोको भन्दा कमको छैन ।

८ वटा पालिका रहेको बर्दियामा ७५ वटा वडा छन् ।ती मध्य केहीमा अध्यक्षहरु फेरी दोहोरिएका छन् । त्यसरी दोहोरिने मध्यका एक हुन् बर्दिया बाँसगढी नगरपालिका वडा नं. ८ का अध्यक्ष तुलप्रसाद गौतम । विगतको ५ वर्षे अनुभवका साथमा फेरी निर्वाचनमा होमिएर वडामै किन ?, गएको पाँच वर्षमा के कस्ता कामहरु गर्नुभयो ?, के कालागी उम्मदवारी दोहोरीयो ? गठबन्धनको खासै तालमेल हुन नसेकेको बर्दियामा नेकपा एमालेको अवस्था र जीतको सम्भावना कस्तो छ भन्ने जस्ता प्रश्नहरु अध्यक्षका प्रत्यासी गौतमसंग गरेका थियौं । उहाँसंगको कुराकानीको केही अंश

तपाईँलाई आफुले काम गरिसकेको वडामा फेरी दोहोरिने इच्छा किन लाग्यो ?
मैले योभन्दा अगागी पाँच वर्ष काम गरें । त्यसरी काम गर्ने क्रममा म गएको पाँच वर्षमा जनतासंग साह्रै नै नजिक भएको रहेछु । मलाई त्यस्तो महसुस भई रहेको छ अहिले । म दोहोरिनुमा मेरो इच्छा भन्दापनि जनताको इच्छा हो । म २०७४ सालको निर्वाचनमा जतिबेला निर्वाचित भएर आफ्नो वडामा अध्यक्ष बनेको दिन देखि यो निर्वाचनकालागी अस्ति नोमिनेशन दिन दिन सम्म म जनताकै घरघरमा छु । उहाँहरुकै साथमा छु ।

जनतालाई सेवा दिने क्रममा यो वडाको विकास, स्वास्थ्य, शिक्षा, कृषि लगात अन्य थुप्रै कुरामा मैले सहजता प्रदान गरेको छु । जसरी म यो वडाबासी संग घुलमिल भएको छु त्यसैगरी उहाँहरुपनि मसंग घुलमिल हुनु भएको हुनाले अब अरु नयाँ मान्छेसंग भन्दापनि तपाईँ नै दोहोरिनुस् भन्दै मलाई नै आग्रह गरेको हुनाले मैलेपनि उहाँहरुको आग्रहलाई विचार गर्रे । काम गर्न केही बाँकी भएको ठाउँहरुमा मैले त्यो पुरा गरिदिनु पर्छ भन्ने पनि लाग्यो र फेरीपनि आफ्नै वडामा बाँकी रहेको काम पुरा गर्नकोलागी मेरो उम्मेदवारी दोहोरिएको हो ।

जनताको इच्छा अनुसार दोहोरिएको हुँ भन्नु भयो । उसो भए त तपाईँको इच्छा रहेनछ जित्नु भयो भनेपनि काम गर्ने जाँगर लाग्ला र ?
त्यस्तो हैन नि । मैले पहिलो प्रश्नको जवाफमा पनि भनि सेकेको छु । जनताले मलाई दोहोरिनु पर्छ भनेर दबाब दिएपनि उहाँहरुको कुरालाई मान राख्दै म दोहोरिनुको उद्येश्य भनेको मैले विगतमा गर्न बाँकी रहेको कामलाई पुर्णता दिनकालागी पनि फेरी दोहोरिएको हुँ । किनभने विगत पाँच वर्षमा हामीले कोभिड जस्तो महामारीको सामना गर्नु परेको थियो । झण्डै अढाई वर्ष त हामीले कामै गर्न पाएनौं नि ।

त्यो कामलाई पुुरा गर्नकोलागी पनि मैले जनताको भनाईलाई मान्न उचित देखें र फेरी यही वडामा बसेर बाँकी रहेको काम र थप अरु पनि नयाँ कामहरुलाई अबको पाँच वर्षमा पुरा गर्ने अठोटका साथमा दोहोरिएको हुँ । अब त काम गर्न अल्छि हैन झन जाँगर लाग्ने छ । किनभने मलाई त थाहा भयो नि कसरी काम गर्ने ? कुुन ठाउँमा आएको बजेटलाई कसरी सदुपयोग गर्ने भन्ने लगाएका विषयमा मलाई राम्रो ज्ञान भएको छ । त्यसैले अब त अल्छि हैन कि झनै दोब्बर जोश र जाँगरका साथमा काम गर्नेछु ।

गएको पाँच वर्षलाई मूल्यांकन गर्नु पर्दा आफुलाई सफल या असफल के मान्नु हुन्छ ?
यो मेरोलागी असाध्य नै सान्दर्भिक प्रश्न हो । किनभने यस्को जवाफ दिन पाउँदा मलाई यहाँका जनताले अझैं राम्ररी चिन्ने र बुझ्ने मौका पाउनेछन् । गएको पाँच वर्षलाई म स्वयमले आफुले गरेका कामहरुलाई मूूल्याकंन गर्ने गर्छु । त्यसरी मूूल्यांकन गरिरहंदा म आफुलाई सफल भएको पनि पाउँछु भने कतिपय ठाउँहरुमा म असफल भएको पनि पाउँछु । सफल यस अर्थमा कि मैले विकासका कामहरुलाई अघि सार्ने क्रममा धेरै ग्राविल सडकहरुलाई कालो पत्रे गरेको छु भने कच्चि बाटाहरुलाई ग्राबिल गरेको छु । यहाँका धार्मिक स्थलहरुलाई जनताका माग अनुुसार पुननिमार्ण गरेको छु ।

कसैले पनि नसोंचेको कोभिड जस्ता महामारीमा पनि हाम्रो वडाबाट वडाबासीलाई दिनु पर्ने सबै सेवा सुविधाहरु प्रदान गरेर सहयोग गरेको छु । यी र यस्तै विषयहरुलाई नियाल्दा म आफुलाई सफल पाउँदछु । तर जब काम गर्दागर्दै कारोनाको महामारी आईलाग्यो र काम गर्न पाईएन । त्यसपछि लगत्तै हाम्रो सरकार ढल्यो । सरकार ढलेपछि पनि बजेटका कुराहरुले सोंचे जसरी काम गर्न पाईएन । यी र यस्तै यस्तै कारणहरुले काममा बाधा पुर्याएकोमा म आफुलाई असफल पाउँदछु । त्यसैले काम गर्न बाँकी रहेको कुराहरुलाई पुरा गर्न र मेरो वडाको जनताको मुहारमा खुशी ल्याउनकोलागि नै म फेरी दोहोरिएको हुँ ।

जीतेपछि गर्नलाई बाँकी रहेका कामहरुलाई अबको पाँच वर्षमा पुर्णता दिनेछु भन्दै गर्दा गठबन्धनले त्यो अवसर दिन्छ होला र ?
हेर्नुस् अरुलाई त गठबन्धनको चिन्ता कस्तो छ कुन्नी मलाई भने यो गठबन्धनको कुनै चिन्ता छैन । गठबन्धनले चुुनेको उम्मेदवार नयाँ । म कामले अनुभव बटुलेको पुरानो मान्छे । त्यसमा पनि मैले धेरै पटक तपाईँसंगको यो अन्तरवार्तामा दोहोर्याएको छु म मेरो जनताले रोजेको उम्मेदवार हुँ । जनताले रोजेर, चुनेर, जानेर, मेरो क्षमतालाई पहिचान गेरर पठाएको उम्मेदवारलाई गठबन्धनले हराउला भन्ने त कुरै आउँदैन नि । फेरी यहाँ मात्रै नभई सिंगो बर्दिय भरी नै गठबन्धनको कुनै जोड छैन । त्यसैले जीत निश्ति छ र जीतेपछि काम गर्ने जुन प्रतिबद्धता छ त्यसमा कटिबद्ध भएर लागिन्छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.