पुनर्वासमा गठबन्धनबाट मेयर पदका उम्मेदवार जीवनराज थापाको आयो यस्तो प्रतिबद्धता
अधुरा काम पूरा गर्न आफुलाई दोहोरयाउन अनुरोध
कञ्चनपुर/पुनर्वास नगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार जीवनराज थापाले आफ्नो कार्यकालमा अधुरा रहेका कामहरू पूरा गर्न आफुलाई पुन: मौका दिन नगरवासीलाई अनुरोध गर्नुभएको छ ।
सनिवार पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार थापाले पहिलो कार्यकाल नीति निर्माण, कार्यालय भवन निर्माण, बाटोघाटो निर्माण लगायतका कामहरू गर्दागर्दै पाँच वर्ष पूरा भएको बताउनुभयो । आफ्नो कार्यकालमा कोरोना महामारीका बावजुद पनि बाटोघाटो, शिक्षा, स्वास्थ्य, सिचाइँ, पर्यटन लगायतका क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्नुभयो । त्यसैगरी खुल्ला सिमाना व्यवस्थापनका लागी आफ्नो कार्यकालमा प्रयास गरीएको,राना समुदाय पछि परेका कारण दस जना भन्दाबढी लाई आफ्नो कार्यकालमा कर्मचारी नियुक्त गरीएको र भलमन्सालाई प्रोत्साहन भत्ताको व्यवस्था गरीएको, आगामी कार्यकालमा पिछडिएका राना समुदाय लगायतका अन्य समुदायलाई नीति बनाएरै काम गरीने मेयरका उम्मेदवार जीवनराज थापाले बताउनुभयो । सोही पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार धोखे रानाले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेका विकृति हटाउँदै सबैको पहुँच सुनिश्चित गर्ने, पुनर्वास नगरपालिकालाई ग्रीन एन्ड क्लिन बनाउने,करको दायरामा नआएकाहरुलाई करको दायरामा ल्याउने र सुविधा प्रदान गर्ने लगायतका प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिबद्धता पत्रको पूर्ण पाठ यस्तो छ:-
आदरणीय पुनर्वास नगरबासी आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरु २०७९/०१/३० गते हुन गई रहेको स्थानीय तह निर्वाचन सर्वविदितै छ । आगामी स्थानीय तहको निर्वाचनमा बाम गठवन्धन सहित हाम्रा दुवै पार्टीका
उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ यो स्थानीय तहको निर्वाचनमा हाम्रो गठबन्धन प्रतिगमन विरुद्ध संविधानको
रक्षाका लागी राष्ट्रियता र स्वाधिनताका लागि र नगरबासीहरुको समग्र शैक्षिक, भौतिक, आर्थिक विकासका साथै मानव संसाधनको विकासका लागि एक जुट भएका छौं। तसर्थ हामी निम्न साझा प्रतिवद्धताका साथ प्रस्तुत
भएका छौं । हाम्रा होनहार र योग्य एवं जनप्रिय उम्मेदवारहरुलाई चुनाव चिन्ह कलम र गोलाकार भित्रको हसिया हतौडामा स्वस्तिक छाप लगाई अत्यधिक बहुमतले विजयी गराई दिनु हुन विनम्र अनुरोध गर्दछौं ।
घोषणा (प्रतिवद्धता)
१. स्वास्थ्य
२. शिक्षा
३.कृषि विकास
४ भौतिक पूर्वाधार विकास
५. महिला बालबालिका तथा ज्येष्ठ नागरिक सवाल
६. पशुविकास तथा उत्पादन प्रसोधन
७.सहकारी
८. उद्योग तथा. वाणिज्य
९ सुशासन र पार्दशिता
•शिक्षक दरबन्दी अपुग भएका विद्यालयहरुमा दरबन्दी
व्यवस्थापन गरी सामुदायिक विद्यालयलाई उच्च गुणस्तरीय
सेवा प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा विकास गरिने छ।
आर्थिक अवस्थाले कमजोर र विपन्न वर्गका छात्राछात्रालाई
उच्च शिक्षा प्रप्तिका लागि उचित छात्रवृतिको प्रबन्ध मिलाइनेछ।
• शैक्षिक क्षेत्रमा गुणस्तरीय सेवा प्रवर्द्धन गर्ने शैक्षिक संस्था
तथा शिक्षकहरुलाई पुरस्कृत गरिने प्रबन्ध मिलाइने छ।
• आगामी पाँच वर्षभित्र यस नगरपालिकामा कृर्षि क्याम्पस
स्थापना गरिने।
• पुनर्वास नगरपालिकाको शिक्षा क्षेत्रको सुधारका लागि एक
अधिकार सम्पन्न “नगरस्तरीय शिक्षा सुधार सुझाव आयोग”
गठन गरिने छ, आयोगले दिएका सुझावका आधारमा शिक्षा
विकास रणनीति कार्यान्वयनमा ल्याइने छ।
• महिला शिक्षा तथा साक्षरता कार्यक्रमलाई उच्च प्राथमिकता
दिइने छ।
आर्थिक अभावका कारण कुनै पनि वालवालिका शिक्षाको
पहुँचबाट बञ्चित हुनु पर्ने अवस्थाको अन्त्य गरिने छ।
• विद्यालयमा उपलब्ध गराउँदै आएको “दिवा खाजा” लाई
निरन्तरता दिदै उक्त कार्यक्रममा रकम थप गरी पोषणयुक्त
खाने कुराको प्रबन्धलाई सुनिश्चतता गरीने छ।३.कृषि क्षेत्रको विकास :
•विद्युतीय सिँचाइका लागि Four फेज लाइनको विस्तार
मा जोड दिइने छ।
+कृषि उत्पादन वृद्धि गर्न प्राथमिकीकरणका आधारमा एक
वडा एक उत्पादनमा जोड दिइने छ।
+प्रत्येक वाडहरुमा कृषि उत्पादन प्रदर्शनीका लागि आवश्यक
व्यवस्था मिलाइने छ।
• कृषिमा खाद्य तथा नगदेवाली उत्पादनमा उत्कृष्टता हाँसिल
गर्ने कुषकहरुलाई पुरस्कृत गरिने छ ।
• कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायिकरण र विविधीकरणका
लागि अलग अलग कार्यक्रम तयार पारी कार्यान्वयनमा जोड
• आर्यानिक उत्पादनलाई प्रोत्साहन गर्न अनुदान र सहुलियत
कर्जाको प्रबन्ध मिलाइने छ ।
• कृषि बजार व्यवस्थालाई जोड दिदै एक “शित भण्डार”
को व्यवस्थापन गरिने छ ।
• कृषिमा उन्नत जातको विउ विजन, घाँस, विषादीमा
आवश्यक अनुदानको व्यवस्था मिलाइन
४.भौतिक पूर्वाधार विकास :
आगामी ५ वर्ष भित्र प्रत्येक वडाका खेतहरु सम्म पुग्ने
बाटोहरु ग्राभेल गरिने छ।
• प्रत्येक वडामा मुख्य सडक जोड्ने शाखा सडकहरु कालो
पत्रे (पक्की) बनाइने छ।
• राष्ट्रिय आवास कम्पनी देखि दोदा पुलसम्मको ठेक्का प्रक्रियामा
गइसकेको सडक आगामी २ वर्ष भित्रमा पूर्ण रुपमा कालो पत्रे
बनाइने छ।
नेपाल टेलीकमको क्षमता बद्धि तथा सेवा विस्तार गरी नगर
पालिका क्षेत्र भित्र सहज पहुँचको अवस्था सृजना गरिने छ ।
• ट्रान्सफर्मरका कारणबाट विद्युत सेवा अभाव भएका स्थानमा
ट्रान्सफर्मरको संख्या र क्षमता वृद्धि गरिने छ ।
• कृषि सिँचाइका लागि डिप ट्युबेल (विद्युतीय समरसेल) तथा
स्यालो ट्वेल लाई निरन्तरता दिई सिँचाई मिटर जडान गर्न
जोड दिइने छ।
५. महिला बालबालीका तथा ज्येष्ठ नागरिकका सवाल :
प्रत्येक वाडहरुमा “जेष्ठ नागरिक समूह” गठन गरी जेष्ठ
नागरिकका पिर मर्का र गुनासाहरुको सुनुवाई गरिने र
आवश्यकीय सेवाको लागि व्यवस्था मिलाइने छ।
आगामी आ.व. देखि टोलटोल र घर घरमा जेष्ठ नागरिक भत्ता सहज रुपले पुयाउने व्यवस्था मिलाइने छ।
ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा एवं अस्पताल सम्म पुयाउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ।
महिला उद्यमशिलताको क्षेत्र फराकिलो बनाई कार्यक्रमहरु उच्च प्राथमिकताका साथ अगाडि बढाइने छ।
अति विपन्न तथा आर्थिक रुपले कमजोर दलित समुदायका छात्राहरुलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने
वातावरणको ग्यारेन्टी गरिने छ।. वालवालिकाहरुको लागि प्रत्येक वार्डमा एक/एक “बाल
उद्यान” (चिल्ड्रेन पार्क) को निर्माण गरिने छ ।
• सुत्केरी महिला तथा नवजात शिशुको आवश्यक स्याहार
सम्भारको लागि स्वास्थ्य संस्था मार्फत अनुदानको व्यवस्था
मिलाइने छ।
•सफा, स्वच्छ पिउने पानीको विस्तार गरी आगामी ५
वर्ष भित्र नगरपालिकाका टोल टोलमा वितरण गरिने
प्रबन्ध मिलाइने छ।
६.पशुविकास तथा उत्पादन प्रसोधन
• उन्नत जातका पशुपालनका लागि पशु विमा कार्यक्रमलाई
विशेष प्राथमिकता दिइने छ।
•दुग्ध तथा मासुजन्य उत्पादनमा आत्मनिर्भरताका लागि
प्याकेज कार्यकम ल्याइने छ ।
• कम्तीमा ५ वटा गाइभैंसी वा १५ वटा सम्म बाखापालन
गर्ने कृषकलाई आवश्यक पर्ने उपकरण तथा अन्य
शिर्षकमा अनुदानको प्रबन्ध मिलाइने छ।
व्यावसायिक रुपमा पशुपंक्षी पालक कृषकलाई विशेष
अनुदानको व्यवस्था मिलाइने छ ।
व्यवस्थित बधशाला सञ्चालनका लागि अनुदानको
व्यवस्थामा निरन्तरता दिइने छ।
• दुग्ध जन्य पदार्थको उत्पादनमा वृद्धिका लागि एक दुग्ध
प्रशोधन केन्द्रको स्थापनामा जोड दिइने छ ।
७.सहकारी:
“सहकारी मार्फत पुनर्वासको रुपान्तरण” कार्यक्रम र
णनीतिक रुपमा सञ्चालन गरीने छ।
उत्पादन वृद्धिका लागि एक वार्ड एक सहकारी कार्यक्रममा जोड
दिइने छ।
वार्षिक रुपमा कम्तीमा २ वटा उत्कृष्ट सहकारीलाई रु
५ लाख देखि १० लाख सम्मको विउ पुँजीको व्यवस्था
मिलाइने छ।
कार्यविधि तयार पारी नगर सहकारी संघको व्यवस्था
तथा वजेट वृद्धि गरी कम्तीमा ५० लाख सम्मको क्षमताको बनाउने।
प्रत्येक वडामा एक सहकारी पसल स्थापनामा प्राथमिकता दिइने छ।
उत्पादनमा सहकारीसँग जोड्न तथा उत्पादित उपजलाई वजारीकरण तथा उद्योग सञ्चालनमा जोड दिई सहुलियत
कर्जाको लागि विशेष पहल गरिने छ ।
८.उद्योग तथा वाणिज्य :
उद्योग तथा व्यापार प्रवर्द्धनका लागि स्वदेशी उत्पादनमा जोड
उद्योग वाणिज्य संघ सँग सहकार्य गरी उद्योग र व्यापारीका
समस्याको समाधानका लागि पहल गरीने छ।
सरकार, निजी क्षेत्र र सहकारीको संयुक्तलगानीमा उद्योग
स्थापनामा जोड दिइने छ।
उद्योग व्यापार विस्तारका लागि उद्योग वाणिज्य संघको
परामर्शमा सरल नीति अवलम्बन गरिने छ।• खुल्ला नाकाबाट हुने समान आपुर्तिका लागि सहज
व्यवस्थापनमा जोड दिइने छ।
•वजार अनुगमन र नियमनका लागि आवश्यक नीति
बनाई प्रभावकारी माध्यमको रुपमा विकास गरिने छ।
* स्थानिय उत्पादनमा आधारीत उद्योगहरु स्थापनाका लागि
सहकारीलाई प्रभावकारी माध्यमको रुपमा विकास गरिने छ।
औद्योगिक तथा व्यापारीक भ्रमणको प्रबन्ध मिलाइने छ।
९.सुशासन र पारदर्शिता :
भष्ट्रचारमा शुन्य सहनशिलताको नीति अवलम्बन गरिने छ।
जनप्रतिनिधिहरु जनताका वास्तविक सेवक हुन भन्ने अनुभूति दिलाइने छ।
•विकास निर्माण देखि सेवा प्रवाहको गुणात्मक भावना प्रष्टिने
गरी सामाजिक परीक्षण गराई सूचना पार्टीमा प्रष्ट संग सूचित गरिने छ।
•नगर र वडामा सञ्चालन हुने आयोजनाहरुमा व्यापक जनसहभागितालाई जोड दिइने छ।
सवै सेवा प्रदायक क्षेत्रहरुमा वित्तीय अनुशासनका लागि वित्तीय जवाफदेहिता प्रवर्द्धन गरिने छ।
•स्वतन्त्र प्रेसको व्यवस्था मिलाइने छ।
•समाजमा अपाङ्गता भएका मानिसहरुको वर्गिकरणको आधारमा आर्थिक अनुदान प्रदान गरिने व्यवस्था मिलाइने छ।
१०.वन तथा वातावरण व्यवस्थापन :
• यस नगर भित्रका सम्पूर्ण सामुदायिक वनको संरक्षण
गर्न तारवारको प्रवन्ध मिलाइने छ। खाली स्थान तथा सडक
किनारामा वृक्षारोपण गरी हराभरा पुनर्वास बनाइने छ ।
• फोहोर व्यवस्थापन र नगरको सौन्द्रयीकरणलाई गुरुयोजना
तयार पारी प्रभावकारी कार्यान्वयनमा जोड दिइने छ।
• वैकल्पीक इन्धनका श्रोतहरुको प्रयोग गरी प्रदुषण न्यूनिकरणका
लागि जनचेतना अभिवृद्धि गरिने छ।
११.धर्म, संस्कृति र पर्यटन :
•सबै धर्मको रक्षाका लागि धार्मिक सहिष्णुता अक्षुण्ण बनाइने छ।
सबै जातजातिका भाषा,धर्म, तथा कला संस्कृतिहरुलाई
संरक्षण समान रुपले सम्मान गरिने छ।
• हाल मौजुदा रहेका धार्मिक स्थलहरुको स्तरोन्नती गरी
धार्मिक पर्यटनको विकासमा जोड दिइने छ।
प्याराताल लगायत विभिन्न सामुदायिक वनहरुको
संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटनलाई प्रोत्साहन गर्ने
कार्यक्रम बनाइने छ।
•नयाँ पर्यटकहरु प्रोत्साहन गर्ने पर्यटकीय स्थलको पहिचान
र विस्तारमा जोड दिइने छ।
विभिन्न समुदायको भाषा, कला र संस्कृतिको विकासमा
विशेष महत्व दिइने छ। १२.उत्पीडित आदिवासीजनजाती तथा र लोपोन्मुख समुदाय सम्बन्धमा
दलित एवं उत्पीडित जातिमा हुने गरेको भेदभाव, छुवाछुत जस्ता विभेदकारी कुसंस्कारको अन्त्य गरिने छ।
•दलित एवं उत्पीडित जातिको उत्थानको लागि कार्यविधि
बनाई व्यवस्थित गरिने छ।
• अन्धविश्वास, कुसंस्कार र विभेद अन्त्यका लागि एक प्रभावकारी संयन्त्र निर्माण गरिने छ । साथै सामाजिक
न्यायको सिद्धान्तलाई कडाइका साथ अगाडी बढाइने छ ।
१३ युवा तथा खेलकुद :
-वेरोजगार युवाहरुको श्रमका लागि मागका आधारमा सीपयुक्त तालिमको व्यवस्था मिलाइने छ।
युवाहरुमा हुने नैराश्यता र सामाजिक विकृतिको दलदलमा पर्नबाट बच्ने उपायहरुको वारेमा जनचेतना जागृत
गराइने छ।
• युवाहरुमा असल बानीको विकास सृजना गर्ने, खेलकुदको
विकासका लागि क्लबहरुको स्तरोन्नती गरी खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रमहरु प्रभावकारी रुपले
अगाडी वढाईने छ। युवाहरुको रुची, क्षमता र मागहरुको आधारमा खेलकुद
क्षेत्रको विकासमा आर्थिक अनुदान प्रदान गरी खेलमैदान निर्माण, खेलकुद सामाग्री खरिद तथा खेलकुद आयोजनाको
व्यवस्थापनमा खर्च गर्ने प्रबन्ध मिलाइने छ।
• फुटबल, भलिबल लगायत विविध खेल खेल्न र खेलाउन रंगशाला निर्माण गरिनेछ।
१४.श्रम तथा रोजगार व्यवस्थापन :
• सम्भावनायुक्त उद्योगहरुको स्थापना गरी रोजगारीमा वृद्धि गरिने निति अवलम्बन गरिने छ।
कृषि तथा पशुपंक्षी पालनमा अनुदान प्रदान गरी आधुनिकीकरण र व्यावसायीकरण गरी स्वरोजगार अवस्थाको सृजना गरिने छ।
विभिन्न सीपयुक्त तालिमको (मागको आधारमा) प्रदान गरी रोजगारीको क्षेत्र फराकिलो बनाइने छ।
• श्रमको ज्यालामा भएको भिन्नतालाई नियन्त्रण गरिने छ ।
श्रमको सम्मानका लागि आवश्यक प्रोत्साहनको व्यवस्था मिलाइनेछ।
•”जे गछौं, आफ्नै माटोमा गछौं” भन्ने कार्यक्रमको गुरुयोजना तयार पारी प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिइने छ।
१५.भूमी व्यवस्थापन :
• अव्यवस्थित वसोवास तथा भूमिहिन सुकुम्बासीलाई अविलम्ब जग्गाको स्वामित्व प्रदान गरिने
• अति विपन्न परिवारलाई सुरक्षित आवासको व्यवस्था मिलाइने छ।
* प्लटीङ्ग गरी घडेरी वनाई उत्पादनमूलक खेतबारीलाई प्लटिङ्गमा रोक लगाइने नीति अपनाइने छ।
अनुत्पादक तथा ऐलानी क्षेत्रमा वृक्षारोपण गरी प्रभावकारी
रुपमा संरक्षण गरीने छ।
स्थानीय निकायमा ऐन बनाई थारु समुदायमा रहेको भलमन्सा प्रथालाई कानुनी मान्यता दिनुका साथै भलमान्साका लागि अभिमुखिकरण तालिम र प्रत्येक महिना
सामाजिक सुरक्षा भत्ताको समेत व्यवस्था गरिने छ।
•आरक्ष पिडित, बाडि पिडित तथा हलिया कम्लरी, सुकुम्बासीको उचित व्यवस्थापन
१६.सूचना प्रविधिको विकास :
नगरपालीका भित्र सूचना र प्रविधिको सहज पँहुचका लागि कार्यक्रम बनाई प्रभावकारी रुपमा कार्यान्वयन गरीने छ।
•प्रत्येक मा.वि.हरुमा Web-side जडानको व्यवस्था मिलाइने छ।
• सूचना प्रविधिको विस्तारका लागि एक सूचना प्रविधि केन्द्र बनाइने छ। सूचना प्रविधि केन्द्रले तयार पारेका कार्यक्रमहरुको कार्यान्वयमा जोड दिई सूचना प्रविधि केन्द्रले
तयार पारेका कार्यक्रमहरुकोकार्यान्वयमा जोड दिई सूचना प्रविधिको क्षेत्र विस्तार गरिने छ ।
१७. शान्ति, सुरक्षा व्यवस्था :
नगरपालीका भित्र रहेका जनपद प्रहरी, शसस्त्र प्रहरी तथा ट्राफिक प्रहरी विच समन्वय गरी नगर भित्र शान्ति, सुरक्षाको व्यवस्थापन प्रभावकारी बनाइने छ।
•बढ्दै गइरहेको अपराध नियन्त्रणका लागि नगर प्रहरीको संयन्त्र बनाई कार्यान्वयन गरिने छ ।
‘न्यायिक समितिलाई प्रभावकारी बनाइने छ।
१८.प्राकृतिक एवं दैवी प्रकोप व्यवस्थापन : यस क्षेत्रमा हुन सक्ने प्राकृतिक प्रकोपको जोखिममा पर्न
सक्ने स्थान विशेषलाई प्राकृतिक प्रकोपबाट बच्न पूर्व
तयारीका कार्यक्रम सञ्चालन गरिने छ।
दोदा नदी र वरिपरिका क्षेत्रमा वसोवास गर्ने जनताहरुलाई
वाढी आउनु पूर्व संकेतको रुपमा साइरनको प्रवन्ध मिलाइने छ ।
• प्राकृतिक एवं दैविय प्रकोप न्यूनिकरणका लागि व्यापक
जनचेतना जागृत गराउने कार्यक्रमहरु सञ्चालन गरिने छ।
प्राकृतिक एवं दैविय प्रकोपमा परेका जनताहरुको जीवनको
रक्षा तथा क्षतिको आधारमा आवश्यक अनुदानको प्रबन्ध मिलाइनेछ।
वाढी नियन्त्रणका लागि प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी दोदा नदीमा तटबन्धका कार्यक्रम अगाडी बढाइने छ।
१९.सिमा व्यवस्थापन :
सिमा नाकाहरुमा आवश्यक सुरक्षा प्रवन्ध मिलाइने छ ।
• अवैध सामाग्री ओसार पसार तथा राजश्व चुहावटलाई
नियन्त्रणका लागि भन्सार कार्यालयको स्थापनामा जोड दिइने छ।
नगरपालिका भित्र सिमासँग जोडीएका क्षेत्र र सिमा विवाद भएका क्षेत्रहरुको समुल अन्त्यका लागि केन्द्र
सरकार र प्रदेश सरकारसँग समन्वय गरी तदारुकताका साथ पहल गरिने छ।
संयुक्त निर्वाचन परिचालन समिति
पुनर्वास नगरपालिका, कञ्चनपुर



Comments are closed.