web analytics

नेकपा एमालेबाट पुनर्वास ६ का उम्मेदवार मित्रसिंह लामाको प्रतिबद्धता, हराभरा वडा, योजनाबद्ध शहर, बालमैत्री नगर

कञ्चनपुर/आउँदो बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानीय निर्वाचन २०७९ मा नेकपा एमालेको तर्फबाट पुनर्वास ६ को वडाध्यक्षका उम्मेदवार बन्नुभएका मित्रसिंह लामाले आफ्नो चुनावी प्रतिबद्धता जनता सामु ल्याउनुभएको छ । उक्त प्रतिबद्धता पत्रमा
पुनर्वासको सबैभन्दा पुरानो बजार प्रतिभानगरलाई हराभरा र सुन्दर बनाउने देखि वडालाई भ्रष्टाचारमुक्त बनाउने सम्मका योजना समेटिएका छन।
हेर्नुस् , उहाँको चुनावी घोषणापत्रको पूर्ण पाठ यश प्रकार रहेको छ।

दक्षिणपंथी, अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं ।
जवजको मार्गदर्शन र समाजवादको अधार निर्माण गरौ।
पुनर्वास नगरपालिका वाड नं. ६ का नेकपा एमालेका
उमेरदवारहरुका प्रतिबद्धता !!
आदरणीय वडावासी आमाबुवा दाजुभाइ, दिदी बहिनीहरु ।
नमस्ते अभिवादन।
“सबै क्षेत्रको समान विकाश सेवा जनमुखि समृद्ध ६ नं. वडा सुखी वडावासी”
राष्ट्रिय स्वाभिमान उच्च राख्ने , देशमा विकाशको लहर ल्याउने सधैं जनताको पक्षमा काम गर्न हामि सबैको प्यारो पार्टि नेकपा(एमाले) नै हो । २०५१ सालमा ल्याएका ज्येष्ठ नागरीक भत्ता वा आफ्नो गाउँ आफै बनाउँ जस्ता लोकप्रिय कार्यक्रमका साथैपहिलो समयमा के.पि. ओली सरकारले गरेका महत्वपूर्ण काम सबैसामु छर्लङ्ग छन् ।
विगत देखि यहाँ न्यायप्रेमि जनसमुदायबाट पार्टीले पाएको अगाध माया,स्नेह र सर्मथनको निम्ति पार्टी हार्दिक आभार व्यक्त
गर्दछ । अब, यहि बैसाख ३० गते हुनगैरहेको स्थानिय तहको निर्वाचन पनि यहाँहरुको विश्वास, माया र समर्थन प्राप्त हुनेछ भन्ने कुरामा विश्वस्त छौं।
सूर्य ध्वजावाहक हाम्रो योग्य, सक्षम उमेदवारहरु यहाँका घर दैलोमा आइसक्नु भएको छ । आफ्नो अमूल्य मत दिई सातैजनालाई विजय गराउनहुन हार्दिक अपिल गर्दै वडा विकासका लागि हाम्रा प्रतिबद्धता यहाँहरु समक्ष प्रस्तुत गर्दछौ।
१. कृषि र उद्यमशिलता :
– उन्नत कृषि हाम्रो आवश्यकता,
युवा रोजगारी, महिला उद्यममा प्राथमिकता ।
कृषि र उद्यमशिलताका निमित्त सबै प्रकारका सहुलियत, उत्पादनविधि र बजार व्यवस्थापनको प्रबन्ध गरिने छ ।
२. पुनर्वासको पुरानो बजार ,
सुन्दर सफा प्रतिभानगर।
– वडाका बजारक्षेत्र विकासको अल्पकालिन तथा दिर्घकालिन योजना बनाई फोहोर मैला व्यवस्थापन, ढलनिकास,
पूर्वाधार निमार्ण साथै सौन्दर्यकरणमा जोड दिईने छ ।
३. आवश्यक भौतिक पूर्वाधार एवं मावदण्ड सहित यस वडालाई नमुना वडाको रुपमा विकास गरिने छ ।
४. पूर्ण साक्षर वडा, विशेष शिक्षा, गुणस्तरीय शिक्षामा जोड दिदै क्याम्पसको भौतिक विकास, आधुनिक सिटीहल निमार्ण,
पुस्तकालय, प्रतीक्षालय, व्यवस्थित बसपार्क, आधुनिक सार्वजनिक शौचालय लगायतका संरचना निमार्ण योजना ल्याइने छ।
५. विशेष उत्पादन, हाम्रो वडाको पहिचान
सुन्दर पार्क-उधान वडाबासीको शान
६. खेलाडीलाई प्रोत्साहन र प्रशिक्षण खेलकुद विकासका लागि स्तरीय खेल मैदान ।
७.पौष्टिक आहार वितरण गर्भवती आमालाई, एम्बुलेन्स निःशुल्क सुत्केरी आउन जानलाई।
८. ज्येष्ठ नागरीक विश्राम गृह, घुम्ती स्वास्थ्य सेवा, वृद्धभत्ता घर-घरमा र अश्क्तलाई टेवा।
९. हराभरा वडा योजनाबद्ध शहर, हिमचुली वन बनभोजस्थल, बालमैत्री नगर ।
१०. किसानको बाली बिमा, पुर्जा सुकुम्बासीलाई, सबै भेदभावको अन्त्य, काम बेरोजगारलाई।
११. भ्रष्टाचार नियन्त्रणमा हामी प्रतिबद्ध, उत्पादनशील सहकारी सबै हौं आवद्ध ।
१२. सबै विद्यालयलाई सम्मान, शैक्षिक सामग्री अनुदान ।
१३. क्लब संघ संस्थालाई बनाईने सबल, अबैद्य ओसार-पसार रोक्न चाल्ने कदम प्रबल ।
हाम्रा उमेदवारहरु :
१. पदम पुजारा (नगर प्रमुख)
२. सुशिला खत्री (नगर-उप प्रमुख)
३. मित्र सिंह लामा (वडाध्यक्ष)
४. विष्णुमाया कोईराला (महिला सदस्य)
५. सुमित्रा भुजेल (खुल्ला सदस्य)
६. ठाकुर प्रसाद अमगाई (खुल्ला सदस्य)
७. भावना स्वर्णकार सुनार (दलित महिला सदस्य)

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.