हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयन
काठमाडाैँ/शनिबार र आइतबार गरि हप्तामा २ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ।
यो विदा परीक्षणको रूपमा रहने सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो।
सातामा दुई दिन बिदा हुने भए पनि अन्य पाँच दिन भने बिहान ९ः३० बजेदखि ५ः३० बजेसम्म कार्यालय खुल्ने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।
पेट्रोलियम पदार्थको खपतलाई कम गर्नको लागि सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। दुई दिन सार्वजनिक बिदा दिँदा पेट्रोलियम पदार्थको खपत कम गर्न सकिने भएकोले यसले अर्थतन्त्र सुधारका लागि सहयोग पुग्ने सरकारको लक्ष्य छ।
तर, निजी विद्यालयहरूले भने यसको विरोध गर्दै आएका छन्। विद्यार्थीहरूको पठनपाठनमा समस्या पर्ने भन्दै निजी विद्यालयहरूले विद्यालय बन्द नगर्ने बताइसकेका छन्।



Comments are closed.