web analytics

बेलाैरी नगरपालिकाकाे प्रमुखमा माओवादीका पाेतिलाल चौधरी र उपप्रमुखमा एमालेका जाेगराम चौधरी निर्वाचित

कञ्चनपुर/बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी पुन: निर्वाचित भएका छन् । उनले एमालेकी उम्मेदवार कमला बोहरालाई १ हजार ९८४ मतको फराकिलो अन्तरले हराउँदै नगरको मेयरमा पुन: निर्वाचित भएका छन् ।
विजेता चौधरीले ८ हजार ७८७ र निकटतम प्रतिद्वन्द्वी कमला बोहराले ६ हजार ८०३ मत ल्याएका थिए । त्यसैगरी काँग्रेसका हरेन्द्र विष्टले ६ हजार ३१२ मत ल्याएका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा पोतिलाल चौधरीले ६ हजार ७ सय ६३ मत ल्याएर निर्वाचित भएका थिए । अहिले उनको मत वृद्धि भएको छ । जनप्रिय र विकासप्रेमी नेता भएकाले पाँच बर्षपछि चौधरीको लोकप्रियताले जनमत वृद्धि भएको स्थानीयको भनाई छ । उपमेयरमा भने एमाले उम्मेदवार जोगराम चौधरी निर्वाचित भएका छन् । चौधरीले माओवादीका मञ्जु शाहलाई ७ सय ४८ मतको अन्तरले हराउँदै उपप्रमुखमा निर्वाचित भएका छन् ।
चौधरीले ७ हजार ५८३ र शाहले ६ हजार ८३५ मत ल्याएकी छिन्। काँग्रेसकी नेतृ खिना भण्डारीले ६ हजार ६१३ मत ल्याएकी छिन् । बेलौरीमा काँग्रेसले १, माओवादीले ४ र एमाले ५ वडा जितेको छ । ५२ पदका लागि बेलौरीमा २३३ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
३४ हजार ५३९ मतदाता रहेको बेलौरीमा २५ हजार ७२९ मत खसेका थिए । एमाले–माओवादी प्रमुख नेताले महत्वका रुपमा हेरेको बेलौरी सबैको चासो बढ्दै गएको थियो । २२ बैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली र २६ बैशाखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले बेलौरी मञ्चमा आ–आफ्ना उम्मेदवारका लागि मत मागेका थिए ।

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.