web analytics

पुनर्वास नगरपालिका सुरुवाती मत परिणाम: कांग्रेसका तोय शर्माको अग्रता

कञ्चनपुरको पुनर्वास नगरपालिकामा ३ गते बाट मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नम्बर १० बाट सुरु भएको मतगणनाको मतपरिणाममा नेपाली कांग्रेसका उम्मेदवार तोय प्रसाद शर्मा अर्यालले अग्रता लिएका छन । उनलाई माओवादी केन्द्रसंगको गठबन्धनमा रहेको दल एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार जीवनराज थापाले पछ्याईरहेका छन । थापा निवर्तमान नगरप्रमुख समेत हुन । त्यस्तै, एमालेका उम्मेदवार पदम पुजारा तेस्रो नम्बरमा छन । त्यस्तै, राष्ट्रिय प्रजातान्त्रिक पार्टीका उम्मेदवार सनतजंग गिरिले समेत राम्रो मतपरिणामका साथ चौथो स्थानमा अघि बढिरहेका छन । अहिलेसम्म १५०० मतगणना सम्पन्न भएको छ ।

उम्मेदवारहरुले प्राप्त गरेको मतपरिणाम यस शुचिमा हेर्नुस्

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.