पुनर्वासमा माओवादी केन्द्रको विजयी सुरुवात
कञ्चनपुर/४ जेठ
पुनर्वासमा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । पुनर्वास १० बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना प्यानल सहित विजयी भएका छन ।
निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका रानाले कांग्रेसका धिरेन्द्र प्रसाद भट्टलाई ६७ मतान्तरले हराउँदै पुन: अध्यक्षमा निर्वाचित भएका छन ।
रानाले ८४३, भट्टले ७७६ मत ल्याएका थिए । भने राप्रपाका रतन बहादुर मल्लले २७७ र एमालेका राम ब. थापाले ७१ मत ल्याएका छन ।



Comments are closed.