पुनर्वास ६ मा एमालेको पुरै प्यानल विजयी
कञ्चनपुर/६ जेठ ।
पुनर्वास ६ मा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ । नेकपा एमालेको बलियो पकड रहेको यस वडामा एमालेका वडाध्यक्ष पदका उम्मेदवार मित्रसिंह लामाले आफ्नो प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको छ । मित्रसिंह लामाले ९६२ मत प्राप्र गर्नुहुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सुकमाया मोक्तानले ४११ एघार मत प्राप्त गर्न सफल हुनुभएको छ । यसरी उम्मेदवार मित्रसिंह लामाले आफ्नो प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढि मतले उछिन्न सफल हुनुभएको छ ।
एमालेका वडाध्यक्ष उम्मेदवार लामाले ९६२ मत प्राप्त गरीरहँदा एमालेकै नगरप्रमुखका उम्मेदवार बनेका पदम पुजाराले भने यस वडाबाट ५२९ मात्र मत मात्र प्राप्त गर्नुभएको छ । त्यसैगरी यस वडाबाट नेपाली काङ्ग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार तोय प्रसाद शर्माले १०११ मत, गठबन्धनतर्फबाट नगरप्रमुखका उम्मेदवार जीवनराज थापाले १७४ मत प्राप्त गर्न सफल हुनुभएको छ ।
त्यसैगरी यस वडाबाट एमालेका नगर उपप्रमुख उम्मेदवार शुशिला खत्रीले ६६२, नेका तर्फबाट नगर उपप्रमुख उम्मेदवार भूलिया रानाले ६३९ मत र गठबन्धनबाट नगरउपप्रमुखका उम्मेदवार बनेका धोखे रानाले ३०९ मत प्राप्त गर्नुभएको छ ।
।



Comments are closed.