web analytics

पुनर्वास ४ मा राप्रपाका उम्मेदवार मनोज सापकोटा विजयी ! पाँच फरक पार्टीका पाँच वडाअध्यक्ष निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाका पाँच वडाको मतगणना सम्पन्न हुँदा पाँच फरकफरक दलका उम्मेदवार वडाअध्यक्षमा निर्वाचित भए । वडा नम्बर चारको अध्यक्षमा राप्रपाका उम्मेदवार मनोज सापकोटाले जित हात पारेका छन । एमालेका उम्मेदवार खुसीराम पौडेललाई १०३ मतले पराजित गर्दा माओवादी-समाजवादीका उम्मेदवार प्रेम बस्नेतलाई १३८ मतले पराजित गर्दै जित निकालेका हुन । वडाअध्यक्षमा विजयी सापकोटाले ३७२ मत ल्याउदा एमाले उम्मेदवार पौडेलले ३६९ मत, माओवादी उम्मेदवार बस्नेतले २३४ मत, कांग्रेस उम्मेदवार देवी लोहनीले १३४ मत र स्वतन्त्र उम्मेदवार पान बहादुर ओडले १०० मत ल्याएका थिए !

वडा नम्बर १० देखि सुरु भएको मतगणनामा १० नम्बरमा माओवादीका उम्मेदवार, १ मा कांग्रेस उम्मेदवार, २ मा एमाले उम्मेदवार र ३ मा क्रमशः एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.