web analytics

पुनर्वासमा एमालेको विजयी सुरुवात

कञ्चनपुर/ पुनर्वास नगरपालिका वडानम्बर २ मा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार एमालेका तर्फबाट वडाध्यक्षका  उम्मेदवार डम्बर बहादुर थापा निर्वाचित भएका छन । माओवादीको गढ मानीने सो वडामा २०७४ को स्थानीय निर्वाचनमा माओवादीका उम्मेदवार सन्त कुमार चौधरीले  सो पद जितेका थिए

थापाले आफना निकटतम प्रतिद्वन्दी माओवादीका मानसिंह सार्कीलाई २६० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । थापाले ८२८, सार्कीले ५६८ काँग्रेसका अनिता तामाङ्गले ५१८ र समाजवादीका डम्मरे तामाङ्गले ४४८मत पाएका थिए ।

पुनर्वासमा माओवादी समाजवादी बाम गठबन्धन भएपनि उक्त वडामा माओवादी समाजवादी दुवैबाट उम्मेदवारी हुँदा एमालेलाई फलिफाप भएको छ । एमाले कञ्चनपुरका निर्वतमान अध्यक्ष वीर बहादुर थापा निवास रहेको उक्त वडामा एमालेले पहिलो खाता खोलेको हो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.