पुनर्वास वडानम्बर १ नेपाली काङ्ग्रेसको प्यानलै विजयी
कञ्चनपुर/पुनर्वास नगरपालिका वडानम्बर १ मा नेपाली काङ्ग्रेसको प्यानलै विजय भएको छ ।
नेपाली काङ्ग्रेसतर्फबाट वडाध्यक्षका उम्मेदवार मोहनलाल राना ९४४ मत ल्याएर विजयी भएका छ्न । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका च्याङजो तामाङले ६०४ मत ल्याएका छ्न । त्यसैगरी पूर्व वडाध्यक्ष तथा गठबन्धन तर्फका उम्मेदवार प्रताप बहादुर चन्दले ५७८, स्वतन्त्र उम्मेदवार बीरसिंह रानाले २४८, राप्रपाका दिल बहादुर तामाङ्गले १०९ मत ल्याउन सफल भएका छ्न ।
वडानम्बर १० र १ बाट खसेको कुल मत गन्ती गर्दा नगरप्रमुखका उम्मेदवार तोय प्रसाद शर्माले सबैभन्दा बढी १८६९ मत ल्याएर अग्रता कायम गरेका छ्न भने उनका निकट प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार तथा पूर्व नगरप्रमुख जीवनराज थापा १०३२ मतका साथ पछ्याईरहेका छ्न । त्यसैगरी नेकपा एमालेका उम्मेदवार पदम पुजाराले ८२८ मत ल्याउन सफल भएका छ्न ।
हालसम्म खसेको कुल मत गन्ती गर्दा नगर उपप्रमुखका उम्मेदवार भुलिया कुमारी राना १६६७ मतका साथ सबैभन्दा अघि छिन भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फका उम्मेदवार धोखे रानाले १२७६ मत ल्याएका छ्न । त्यसैगरी नेकपा एमालेका उम्मेदवार सुशीला खत्रीले ८१० मत ल्याएकी छिन ।



Comments are closed.