web analytics

खाद्य अधिकार पुनर्वासद्वारा नगरप्रमुखलाई ज्ञापनपत्र पेश

-धनबहादुर बिक
कञ्चनपुर/५ असार ।
खाद्य अधिकार सञ्जाल पुनर्वासले आईबार एक कार्यक्रमको आयोजना गरि स्थानीय खाद्य तथा पोषण सुरक्षा योजना सम्बन्धि ज्ञापनपत्र नगरप्रमुख समक्ष पेश गरेको छ ।
खाद्य अधिकार पुनर्वासका संयोजक कञ्चन गिरीको नेतृत्वमा नगर उपप्रमुख भुलिया कुमारी रानाको सभाकक्षमा कार्यक्रम को आयोजना गरि खाद्य अधिकार संग सम्बन्धित का विविध कार्यक्रम सञ्चालन गर्ने बिषय समेटिएको प्रपोजल नगर प्रमुख तोय प्रसाद शर्मालाई पेश गरिएको हो ।
नेपालीको संविधान २०७२ को धारा ३२ ले खाद्य सुरक्षा , खाद अधिकार र खाद सम्प्रभुता लाई मौलिक हकको रूपमा सुरक्षित गरेकोले सो मौलिक हकलाई कार्यनयन गर्न पुनर्वास नगरपालिकाको नगर सभा बाट खाद तथा पोषण सुरक्षा रणनैतिक योजना तयार गर्न पुनर्वास नगरपालिका लाई आवस्यक रकम बिनियोजन गरिदिन हुन उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.