निर्देशक जि.बि.आग्रीद्वारा निर्देशित “ए बैगुनी” युटुबमा सार्वजनिक
काठमाडौ/ निर्देशक जिबि आग्रीद्वारा निर्देशित म्युजिक भिडियो “ए बैगुनी” युटुबमा सार्वजनिक भएको छ । मर्मस्पर्शी गित र कथाले भिडियो हेर्न लायकको बनेको देखिन्छ । रिलिज भएको चारदिनमै झन्डै एकलाख दर्शक श्रोताको मन जित्न सफल सो भिडियो एभरेस्ट ग्यालेरी नामक युटुब च्यानलमा हेर्न सकिन्छ ।
भिडियोमा लोकप्रिय गायक प्रमोद खरेलको आवाज सुन्न सकिन्छ । त्यसैगरि गितको रचना र संगित भने ऋषि खडकाको रहेको छ ।
भिडियोको कथावस्तु निर्देशक जि.बि आग्रीको रहेको छ । भिडियोमा चर्चित मोडल तथा कलाकारहरु सनम कठायत, नम्रता सापकोटा तथा सन्दीप श्रेष्ठको दमदार अभिनय देख्न सकिन्छ ।
हेर्नुस् भिडियो …..



Comments are closed.