web analytics

भवन बनेको पाँच वर्ष पुग्दा पनि पुनर्वास नगरपालिकामा राखिएन नागरिक वडापत्र

पुनर्वास/राज्यले नागरिकहरुलाई सेवा प्रवाहमा कुनै कमी नहोस र नागरिकहरु जवाफदेही बनुन भन्ने उद्धेश्यले कार्यालयको बाहिरपट्टि स्पष्ट रुपमा नागरिक वडापत्र राख्नुपर्ने नियम छ ।

नागरिकलाई सुशासन कायम, सेवा प्रदायक शाखा र सेवाग्राही शाखा बिच सुमधुर सम्बन्ध र हक–हित सुनिश्चित रहेको अनुभुती दिलाउनमा समेत नागरिक वडापत्रको महत्व मानिन्छ ।

नागरिक वडापत्रमा सेवाका प्रकार, आवश्यक कागजात, लाग्ने समय, सेवा प्रदायक शाखा, दस्तुुर आदि विषय उल्लेख हुन्छ । जस्ले सेवाग्राहीहरुमा सुविधा हुने गर्छ ।

तर कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयले भने भवन बनेको करिब पाँच वर्ष पुग्दा समेत नागरिक वडापत्रको विषयमा कुनै चासो देखाएको छैन् ।

नगरपालिकाले नागरिक वडापत्र राख्ने ठाउँमा विभिन्न गैरसरकारी संस्थाको आफ्नै जानकारीमुलक फल्याक्स बोर्ड राखिएको छ । तर नगरपालिका जस्तो सरकारी सेवा प्रदायक निकायमा सामान्य नागरिक वडापत्र राख्न नसक्नु निकै लज्जास्पद भएको युवा नेता मानबहादुर रोकायाले बताए ।

चार गाविस मिलेर २०७१ सालमा पुनर्वास नगरपालिका बन्यो , नगरपालिका बनेको केहि वर्षमा नगरपालिकाले राष्ट्रिय आवास कम्पनीसँग जमिन खरिद गरी त्यसैमा भवन निर्माण बनाएको करिब पाँच वर्ष पुग्दा सम्म नगरपालिकाले नागरिक वडापत्र नलेखिनुले यसको महत्व समेत नबुझेको प्रष्ट हुन्छ ।

यसै विषयमा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिंह ऎरीसंग बुझ्दा वालमै लेख्ने भनेर तयारी पुरा भईसकेको र भवनकै वालमा प्रीन्ट गर्ने, नभए फ्ल्याक्स प्रीन्ट भए नि केहि दिनमै टास्छौ ।उनले भने,”जनताकै असिना पसिनाबाट आएको राजश्वमै कर्मचारी र जनप्रतिनिधिको मस्ती देखिन्छ । तर जनताका पिडामा मलमपट्टि लगाउनु त परै जाओस् पाउने सेवामा समेत चरम लापर्वाही देखिन्छ ।”

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.