बबइ नदीमा पानी को सतह बढ्दै , तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनआग्रह !
भदौ १३
बर्दिया / बबइ नदीमा पानीको सतह बढ्दै स्थानीय प्रशासनले बबइ तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
चेपांगस्थित जलस्तर मापन केन्द्रमा ५ दशमलव ९३ माथि बबइमा पानी बगिरहेको छ । ५ दशमल ५ मिटर पानीको बहाव बग्नु सतर्कता चिह्न पार गरेकाले स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराएको छ ।
तटीय क्षेत्रका बासिन्दालाई नदीमा काठ, दाउरा छोप्ने, माछा मार्ने जस्ता काम नगर्न र नगराउन प्रशासनले सर्वसाधरणलाई अपिल गरेको छ । तटीय क्षेत्रका पालिकास्थित वडा अध्यक्षसँग सम्पर्क राखी सतर्क रहन र आवश्यक परे प्रशासनको सहयोग लिन आग्रह गरिएको छ ।
यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बाढीका समय उद्दार कार्यका लागि तैनाथ गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताए ।
पहाडी जिल्लामा वर्षा भएका कारण बबइमा जलस्तर बढेको उनले बताए । लामो समयसम्म वर्षा नभएको बर्दियाका अधिकांश क्षेत्रमा सोमबार बिहानसम्म पानी परिरहेको छ । कर्णालीमा भने जलस्तर बढेको छैन ।




Comments are closed.