web analytics

सेन्चुरी कर्मसियल बैंक शाखा बाँसगढीले चौतारो निर्माण कार्य सम्पन्न !

 

भदौ ११

कृष्ण बा बुढा

बर्दिया /सेन्चुरी कर्मसियल बैंक शाखा कार्यालय बाँसगढी बर्दियाले संस्थागत सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नं. ०८ रिहारपुर स्थित वन उपभोक्ता समिति परिसरमा मिति २०७९/०५/११ मा चौतारा निमार्ण गरेको छ ।

नगरस्तरिय खेलकुद मैदान नजिक रहेको वन उपभोक्ता समिति परिसरमा विभिन्न भेला, बैठक तथा कार्यक्रम हुने गरेको र हाल उक्त परिसरमा चौतारा निमार्ण पछि त्यँहाको स्थानियवासी तथा उपभोक्ताहरुलाई ठूलो सहयोग पुग्ने वन उपभोक्ता समितिको अध्यक्ष श्री कृष्ण बहादुर खड्काले सेन्चुरी कर्मसियल बैंकलाई धन्यवाद ज्ञापन गर्नु भयो ।यसै गरी उक्त समारोहमा उपस्थित मुख्य अतिथि बाँसगढी नं. पा. वडा नं. ०८ का वडा अध्यक्ष श्री तुल प्रसाद गौतमज्युले पनि बैंकले एक फरक किसिमको समाजमा दीर्घकालीन छाप रहने गरी चौतारा निर्माण गरेको र विभिन्न यस्ता खाले कार्यक्रम अघि सार्नेमा विश्वस्त रहेको बताउनु भयो ।

यस्तै बैंकले विभिन्न बैकिङ्ग सेवा सुविधाको साथै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ र वातावरणका क्षेत्रमा सहयोग गरिएको र अगामी दिनमा पनि यस्ता सहयोग गरिरहने सेन्चुरी कर्मसियल बैंकका शाखा प्रबन्धक श्री मिना आलेले बताउनु भएको छ । यस बैंकको देशभरि १४६ वटा शाखा, ११५ ए.टि.एम ,१० वटा एक्सटेन्शन काउन्टर तथा २५वटा शाखा रहित बैकिङ्ग सेवा रहेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.