बैज्ञानीक समाजवादी द्वारा सरस्वती माविमा सरसफाई
-लाल बहादुर एस.के. ।
पुनर्वास, भदाै १० । बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल सुदुरपश्चिम प्रदेश कमिटीद्वारा कञ्चनपुरकाे पुनर्वासमा रहेकाे सरस्वती मा. वि. मा शुक्रबार वृक्षारोपण गरेको छ ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश संयोजक श्याम कुँवर, जातिय व्यवस्था उन्मुलन मोर्चा नेपाल प्रदेश संयोजक रवि नेपाली, कैलाली (डी सि स) डि बि ओखेडा, देव राज कठायत लगायतकाे उपस्थिति रहेकाे थियाे । सरस्वती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन सुनारले कार्यक्रममा बाेल्दै विद्यालयमा बिरुवा रोपेर सहयोग गर्ने मनकारीहरुलाई धन्यवाद प्रकट गर्नु भयाे ।
- भाैतिकबादीले विश्व भरी नै प्राकृतिक स्रोत साधन र प्रर्यावरण सखाप पार्दै गई रहेको अवस्थामा समाजवारीहरुले प्रर्यावरणको रक्षा गर्न अग्रसर रहेकाे बैज्ञानिक समाजवादीका नेताले बताएका छन । ब्रहमाण्डमा भएका जिव जन्तु र मानव जगत नै सखाप हुने सम्भावना रहेकाले वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले बृक्षाराेपण तथा सरसफाइ अभियान नै थालेकाे प्रदेश संयाेजक श्याम कुँवरले बताए । हेर्नुस तस्वीरहरु
![]()




Comments are closed.