web analytics

बेलौरी बेलडाँडीमा माओवादीमा प्रवेश गर्नेको लहर बढ्यो

कञ्चनपुर/२७ भदौ ।
निर्वाचनको मिति नजिकिदैं जाँदा बेलौरी र बेलडाँडीमा माओवादी प्रवेश गर्नेको लहर बढेको छ । विशेषगरि त्यस क्षेत्रका काँग्रेस एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरिरहेका छन् ।
सोमबार नेकपा माओवादी निर्वाचन क्षेत्र नम्बर १ (ख)द्वारा आयोजित पार्टीको विस्तारित बैठकमा बेलडाँडी र बेलौरी क्षेत्रका काँग्रेस एमालेका दर्जनाैं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
काँग्रेस, एमाले परित्याग गरेर माओवादीमा प्रवेश गर्नेहरुलाई नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य एवम् पुर्वमन्त्री माननीय बिना मगरले स्वागत गर्नुभएको थियोे । आज माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा नेपाली काँग्रेस बेलौरीका नगर सदस्य सन्तोष विष्ट, वडा सदस्य रमेश विष्ट, तरुण दलका नेता निम प्रसाद ढुङगाना, एमाले बेलडाँडीका गाँउ कमिटि सदस्य जयराम चौधरी सहित दर्जनौं नेता कार्यकर्ता रहेका छ्न ।

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.