web analytics

माओवादी निकट थारु मुक्तिमाेर्चा पुनर्वासका उपाध्यक्ष रामकुमार चाैधरी नागरिक उन्मुक्तिमा प्रबेश

-लाल बहादुर एस.के. ।
बेलाैरी , भदाै २८ ।

नेकपा माअाेवादी केन्द्रकाे भातृ संगठन थारू मुक्तिमोर्चा नेपाल पुनर्वास नगर कमिटी उपाध्यक्ष राम कुमार चाैधरी नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गरेका छन ।
साेमवार बेलाैरीकाे चारघरुवामा अायाेजित पार्टी प्रबेश कार्यक्रममा राम कुमार सहित नेकपा एमाले नगर कमिटी सदस्य नेत्र लाल चाैधरी र नेत्र बहादुर चाैधरी उन्मुक्तिमा प्रबेश गरेका हुन । केहि समय अगाडि मात्र निर्वाचन अायाेगमा दर्ता भएकाे नागरिक उन्मुक्ति पार्टी कैलाली र कञ्चनपुरमा बलियाे बन्दै गएकाे छ । नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गर्नेहरूको लहर नै चलेको देखिन्छ । l नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरका अध्यक्ष नन्द कुमार रानाकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरी(श्रेष्ठ) रहनु भएको थियोे ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.