web analytics

नेकपा एकिकृत समाजवादी कञ्चनपुरले टुङ्ग्यायाे उमेदवार

 

-लाल बहादुर एस.के. ।

कञ्चनपुर, भदाै २८ । ससदिय निर्वाचनको मिति नजिकिदैँ गर्दा आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले कञ्चनपुरबाट समेत उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको समाजवादी पार्टी कञ्चनपुरले समेत उम्मेदवार सिफारिस गरेको हो । कञ्चनपुर जिल्लाको तीनै निर्वाचन क्षेत्रबाट नेता सिफारिस भएका नेकपा एकीकृत समाजवादी पार्टी कञ्चनपुरका नेता रमेश पन्तले जानकारी दिनुभयो।
कञ्चनपुरको निर्वाचन क्षेत्र १ मा प्रतिनिधी सभाबाट नेकपा एकिकृत समाजवादी का कञ्चनपुर जिल्ला अध्यक्ष जीवनराज थापा, प्रदेश –क बाट प्रताप बहादुर चन्द, क्षेत्र २ संघीय तर्फ बिर ब. बुढाथोकी माधव पन्त र प्रदेश (ख)बाट लाल ब. खडका र क्षेत्र ३ संघीय तर्फ उर्वादत्त पन्त र प्रदेश (क)बाट प्रकास रावल, हरक सिह धामी, (ख)बाट तारा दत्त जोशी सिफारिस भएका छन

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.