२२ बर्ष देखि छाेरीकाे यातना सहेर बस्दै वृद्ध दम्पती
बेलौरी नगरपालिकाको न्यायिक समितीबाट पनि पाएनन न्याय
-लाल बहादुर एस.के. ।
बेलाैरी । कञ्चनपुरकाे बेलाैरी नगरपालिका ६ का एक वृद्ध दम्पती २२ बर्ष देखि छाेरीकाे यातना सहेर बस्न बाध्य रहेका छन । बेलाैरीका ७० बर्षिय बृद्ध टेक बहादुर रावत र उनकी श्रीमती ६९ बर्षिया धनिसरा रावत छाेरीकाे यातना सहेर बस्न बाध्य रहेका छन ।
आफ्नै छाेरी ज्ञानुदेवीले दिनहु अश्लिल शब्द प्रयाेग गर्दै गाली गलाैच गर्ने गरेकाे बृद्ध दम्पती बताउँछन् । विगत २२ बर्ष देखि यस्तै गाली गलाैज गर्दै झगडा गर्ने गरेकाे बृद्ध दम्पती बताउछन । छलफलका लागि नगरपालिकाकाे न्यायिक समितिमा पुग्दा समेत कुनै छलफल नै नभएकाे उनी बताउछन । कार्बाहीका लागि पटक पटक प्रहरी कार्यालयमा निवेदन दिदा पनि अाफुले न्याय नपाएकाे बृद्ध दम्पतीकाे गुनासाे छ ।
आफ्नाे नाममा रहेकाे १५ कठ्ठा जमिनकाे लालपूर्जा समेत हिनामिना गरेकाे बृद्ध टेक बहादुर रावत बताउछन । ज्ञानु देबी वि.सं. २०५६ सालमा कैलालीकाे अत्तरीयाका एक पुरूष सँग भागि बिवाह गरेकी थिईन तर पारिवारिक बिबादका कारण वि.सं. २०५७ साल देखि माईतमै बस्दै आएकिछिन ।



Comments are closed.