web analytics

कञ्चनपुर क्षेत्र नम्बर १ माओवादीलाई दिने सहमति, पूर्वमन्त्री बिना मगर फेरि चुनाव लडने

कञ्चनपुर/सत्तारुढ गठबन्धनको सीट बाडफाँट कार्यदलमा गरिएको भागबण्डामा कञ्चनपुर १ माओवादी केन्द्रले लिने सहमति जुटेको छ । यो सहमतिसंगै सत्तारुढ गठबन्धनमा आगामी निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. १ बाट पूर्व खानेपानी मन्त्री बिना मगर फेरि उम्मेदवार हुने भएकी छन् ।

सत्तारुढ गठबन्धनले देशभरका ११० सीटको भागबण्डा टुङ्गो लगाउँदा कञ्चनपुर १ माओवादीको भागमा परेको छ । यस क्षेत्रमा माओवादी सांसद मगर एकल रुपमा सिफारिश भएकी छन् । उनी एमालेसितको गठबन्धनबाट २०७४ मा सांसद निर्वाचित भएकी थिइन ।
कञ्चनपुर क्षेत्र नं. १ मा काँग्रेस नेता दिवान सिह विष्टले पनि दावी गरेका छन् । उनी पनि एकल रुपमा उम्मेदवार सिफारिश भएका छन् । सांसद मगरसित पाँच वर्ष अघि पराजित विष्टलाई काँग्रेसले उनको एकल नाम सिफारिश गरेको छ ।

अघिल्लो निर्वाचनमा एमालेसित गठबन्धन गर्दा पनि माओवादीले प्रतिनिधि सभाका तीन सीटमध्ये एउटा पाएको थियो । अहिले माओवादीले तीन सीटमा दुईमा दावी गरेको छ । त्यसमध्ये क्षेत्र नं. १ र २ बाट उम्मेदवार सिफारिश गरेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
Below Article Content Ads

Comments are closed.