web analytics

पुनर्वासमा बाल दिवसको अवसरमा अखिल क्रान्तिकारीद्वारा मार्चपास कार्यक्रम

कञ्चनपुर/पुनर्वासमा अखिल क्रान्तिकारीले मार्चपास कार्यक्रम सम्पन्न गरेको छ ।अखिल क्रान्तिकारी जनता बहुमुखी क्याम्पस त्रिभुवन बस्तीले बुधबार ५८ औं बाल दिवसको अवसर पारी सो कार्यक्रमको आयोजना गरेको थियोे ।
मार्चपास कार्यक्रममा पुनर्वास नगरपालिकाका छ ओटै माध्यमिक विद्यालयका ११ र १२ कक्षाका विद्यार्थीहरुको सहभागीता थियो ।
मार्चपास आईबिआरडीको हाटबजारबाट सुरु भई ईलाका प्रशासन कार्यालय त्रिभुवन बस्तीको प्राङ्गणमा पुगी कोणसभामा परिणत भएको थियोे । मार्चपासमा विद्यार्थीहरुले
बाल शोषण अन्त्य गर, मावि तहसम्म नि:शुल्क शिक्षा लागु गर, बालापनकाे रक्षा, भविष्यकाे सुनिश्चितता,
शैक्षिक माफीयाहरु होशियार,
अखिल क्रान्तिकारी जिन्दावाद जस्ता नारा लगाएका थिए ।
कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य यादव सिंह प्रमुख अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै केन्द्रिय सदस्य सिंहले देशमा अन्याय, अत्याचार र असमानता हटाउन सम्पूर्ण विद्यार्थीहरु अखिल क्रान्तिकारीको झण्डा मुनि गोलबन्द हुनुपर्ने विचार राखेका थिए ।

 

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.