पुनर्वासमा मनाईयो ५८ औं राष्ट्रिय बालदिवस
-
कञ्चनपुर/पुनर्वासमा ५८ औं राष्ट्रिय बाल दिवस मनाईएको छ । बालमैत्री समाजको आधार, जिम्मेवार परिवार,उत्तरदायी सरकार भन्ने मूल नाराका साथ बुधबार राष्ट्रिय बाल दिवस मनाईएको हो । पुनर्वास नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सो कार्यक्रम भएको थियो ।
![]()
कार्यक्रममा र्याली समेत निकालिएको थियो । र्यालीमा जनकल्याण मा. वि. आईबिआरडी र सिद्धार्थ पब्लिक स्कुल पुनर्वास ६ का शिक्षक तथा विद्यार्थी, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियोे ।प्ले कार्ड र व्यानर सहित निकालीएको सो र्यालीमा बाल अधिकार सम्बन्धि नारा लगाईएको थियो । र्याली पश्चात पुनर्वास नगरपालिकाको सभाहलमा आयोजना गरीएको कार्यक्रमको अध्यक्षता पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्माले गर्नुभएको थियो ।![]()
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मेयर शर्माले बालबालिकाले आफ्नो अधिकार हनन भएमा उजुरी गर्न सजिलो होस भनेर
पुनर्वासका हरेक विद्यालयमा उजुरी पेटिका राखिने बताउनुभयो । बाल अधिकारको सन्दर्भमा नगरपालिका सदा सचेत रहेको पनि मेयर शर्माले जिकिर गर्नुभयो ।![]()






Comments are closed.