बाह्रौं चाँदी कप फुटबल प्रतियोगिता: आयोजक टिमलाई पेनाल्टीमा पराजित गर्दै भानु युवा क्लब विजयी
पुनर्वास/पुनर्वास नगरपालिका-७, च-गाउँमा आयोजना भईरहेको बाह्रौं चाँदी कप फुटबल प्रतियोगिताको आजको खेलमा भानु युवा क्लब विजयी भएको छ ।
भानु युवा क्लबले आयोजक सिद्धार्थ युवा क्लब “ए” लाई पेनाल्टी शुट आउटमा पराजित गर्दै विजेता बन्न पुगेको हो ।
खेलको हाफ टाईम भन्दा अघि भानु युवा क्लबका विवेक बोगटीले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर केही समय पछि सिद्धार्थ युवा क्लब “ए” का खेलाडीले पनि गोल गरेपछि खेल बराबरी भएको थियोे ।
खेलको पूरा अवधि बराबरी भएपछि खेल पेनाल्टी शुट आउटमा परिणत भयो । पेनाल्टी शुट आउटमा दुबै टिमबाट ५/५ जनालाई दिएको अवसरमा चौथो बल गोल पोष्टको माथील्लो भागबाट बाहिरीए पछि भानु युवा क्लबले आफ्नो जित हासिल गरेको हो ।
त्यसैगरी भोली बिहान साढे आठ बजे सिद्धार्थ युवा क्लब”सी” र पराशन युवा क्लब बीच खेल हुने आयोजक समितिले जनाएको छ ।



Comments are closed.