web analytics

दशैको अवसरमा द फङ्की डान्स एण्ड जुम्बा स्टुडियोले शुभकामना आदानप्रदान तथा पेनाल्टी शुट आउट प्रतियोगीता गर्ने

कञ्चनपुर, १६ असोज ।
पुनर्वासमा दशैको अवसरमा द फङ्की डान्स एण्ड जुम्बा स्टुडियोले शुभकामना आदानप्रदान तथा पेनाल्टी शुट आउट प्रतियोगीता गर्ने भएको छ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका ३ आईबिआरडीमा रहेकाे द फङ्की डान्स एण्ड जुम्बा स्टुडियाेले विगत एक वर्षदेखि डान्स तथा जुम्बा कक्षा सञ्चालन गरिरहेको छ । स्टुडियोले साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम तथा पेनाल्टी शूट आउटकाे आयाेजना गर्ने स्टुडियोका सञ्चालक सन्तोष अवस्थीले बताए ।
सो कार्यक्रम असाेज १८ गते आईबिआरडीकाे खुला मञ्चमा हुने आयाेजकले जनाएकाे छ । टिम दर्ता गर्न ५ हजार शुल्क लाग्ने छ । प्रथम हुने टिमलाई ४० हजार र दाेश्राे हुने टिमलाई २० हजार पुरस्कार प्रदान गरिने आयाेजकले जनाएकाे छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.