web analytics

माओवादी केन्द्रले त्रुटि सच्याएर समानुपातिक बन्दसूचीको अन्तिम नामावली बुझायो

काठमाडौँ, असोज १६
नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार सुरुको बन्दसूचीमा रहेका प्राविधिक त्रुटि सच्याएर अन्तिम नामावली बुझाएको हो । समानुपातिकतर्फको अन्तिम नामावली बुझाउने अन्तिम दिन आइतबार सबै राजनीतिक दलहरूले आ-आफ्नो समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगलाई बुझाइरहेका छन् । ‘पहिले बुझाएको नामहरूमा खासै संशोधन थिएन । विभिन्न खालका प्राविधिक त्रुटिहरू मिलाउने, उम्मेदवारका कागजात बुझाउनुपर्ने थियो; त्यो गरिएको छ,’ उनले भने ।
माओवादीको समानुपातिक बन्दसूचीमा प्रतिनिधिसभातर्फ उपाध्यक्ष कृष्णबहादुर महरालगायत नेताहरू रहेका छन् । बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबाट माओवादीको समानुपातिक बन्दसूचीमा गंगानारायण श्रेष्ठलगायत पाँच नेताको नाम प्राथमिकतामा राखिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.