web analytics

पुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी दुई युवाको मृत्यु

कञ्चनपुर, २० असोज ।
पुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा
धनगढी उपमहानगरपालिका ३ चटकपुर बस्ने २३ वर्षीय गुड्डु राना र पुनर्वास नगरपालिका १० विकासबस्ती बस्ने २२ वर्षीय विशाल राना रहेका छ्न ।
उनीहरू गए राती करिब ११ बजेतिर कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरबस्ती स्थित हुलाकी सडक खण्डमा दुर्घटनामा परेका हुन ।
उनीहरू पुनर्वासदेखि धनगढीतर्फ से ७ प ४७६५ नम्बरको मोटरसाइकल चलाएर आउँदै गर्दा अत्यधिक गतिका कारण अनियन्त्रित भई विद्युत पोलमा ठोक्कीएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक गुड्डु राना र सोही मोटरसाइकलमा सवार विशाल रानाको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटना हुँदा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने विद्युत् पोल समेत भाँचिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
3
+1
1
+1
4
Below Article Content Ads

Comments are closed.