नेकपा एमालेले कञ्चनपुर लागि लगायो उम्मेदवारहरुको अन्तिम टुंगो
कञ्चनपुर/नेकपा एमालेले कञ्चनपुरका लागि उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावका लागि नेकपा (एमाले) ले उम्मेदवारहरुको अन्तिम टुंगो
लगाएको हो। कञ्चनपुर जिल्लाका ३ वटै
प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा क्षेत्रका उम्मेदवारहरुको टुंगो लागेको छ।
प्रतिनिधि सभा क्षेत्र नं. १ का लागि तारालामा तामाङ उम्मेदवार बन्ने
पक्का भएको छ। यसका लागि वीर बहादुर थापा (पातल) र खेम सुवेदी पनी आकांक्षी रहेका थिए तर अन्तिममा यसै क्षेत्रबाट प्रदेश सभा (क) तर्फ वीर बहादुर थापा(पातल)लाई उम्मेदवार बनाइएको छ ।र सोही प्रतिनिधि सभा क्षेत्रको (ख) तर्फ जिल्ला सचिव पल्लवराज भट्ट उम्मेदवार बनाईने भएको छ।
क्षेत्र नं. २ मा निवर्तमान सांसद नरबहादुर
धामी पुनः चुनावी मैदानमा देखिने निश्चित
भएको छ। राष्ट्रिय युवा संघ नेपालका
निवर्तमान अध्यक्ष बचनबहादुर सिंहको यो सिटमा मूख्य दाबी थियो। उनलाई सोही क्षेत्रको प्रदेश सभा (क) मा उठाइने भएको छ।
यसअघि उक्त प्रदेश सभा क्षेत्रमा जयराज
पाण्डे र टेकबहादुर हमालको नाम पनि
सिफारिस भएको थियो । तर, जिल्ला
कमिटीले नेताहरुको व्यवस्थापन गर्नका
लागि सिंहको नाममा अन्तिम सिफारिस
गरेको स्रोतको भनाई छ ।
प्रदेश सभा (ख) मा भने यसअघि नै कृपाराम रानाको एकल नाम सिफारिस भएकाले उनी निर्विकल्प उम्मेदवार जस्तै थिए ।
क्षेत्र नं. ३ मा पार्टी पोलिटव्युरो सदस्य तथा कञ्चनपुर इन्चार्ज निरुदेवी पाल चुनाव लड्ने भएकी छन्। यो क्षेत्रमा निवर्तमान सांसद डा.दीपकप्रकाश भट्ट पनि आकांक्षी थिए । दुवै जनाको नाम सिफारिस भएपनि अन्तिममा पालको नाममा टिकट ‘कन्फर्म’ भएको हो ।
यस क्षेत्रमा एमालेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । एमालेले प्रदेश सभा (क) मा राप्रपाका नेता धर्मराज जोशीलाई ठाउँ छाडेको छ । क्षेत्र (ख) मा भने एमाले अध्यक्ष सुरेन्द्र बिष्ट उम्मेदवार छन् ।



Comments are closed.