web analytics

बर्दियाको बाँसगढिमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न !

 

कृष्ण बा बुढा

असोज ३

बर्दिया /बर्दियाको बाँसगढिमा आज नेपाल स्वयंमसेवि रक्तदाता समाज ले वृहत् रक्तदान कार्यक्रम सपन्न गरेको छ
उक्त कार्यक्रम को प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर खड्का, बिशेश अतिथी नेपाल स्वयंमसेवि रक्तदाता समाज जिल्ला अध्यक्ष प्रेम लम्साल सन्जेल , उपाध्यक्ष सन्तोष बस्तोला, नगर अध्यक्ष बिनोद परियार लगाएत को उल्लेख्य सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । 
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर समिति र लायन्स क्लब अफ बर्दिया बाँसगढीको संयुक्त आयोजनामा भएकोे रक्तदान कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले रक्तदान कार्यक्रम मानव कल्याणसँग जोडिएको बताउनु भयो । रक्तदान कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरताको आव्हान गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष प्रेमप्रसाद लस्सालले ८ वटा पालिकामा रक्तदान कार्याक्रम अभियानकै रुपमा सञ्चालन गरिने बताउनु भयो । साथै अध्यक्ष लम्सालले यो अभियानलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनु भयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका नगर अध्यक्ष विनोदकुमार परियारले रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेको जानकारी दिनुभयो । उहाँले रक्तदान गर्ने दाताहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि मानवीय कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

रक्तदान कार्याक्रममा नगरप्रमुख खड्कबहादुर खड्का, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष झपिन्द्र खत्री, नेपाल स्वयंसेवी रक्तदाता समाजका उपाध्यक्ष सन्तोष बास्तोला, लायन्स क्लब अफ बर्दियाका अध्यक्ष विपिन पौडेल लगाएतले रक्तदान गर्नु भएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व हो भने निशुल्क रगत पाउनु पीडित पक्षको नैसर्गिक अधिकार हो भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्दै आएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.