web analytics

बेलौरी नगरपालिका वडानम्बर २ द्वारा विधुतिय पानी तताउने जग वितरण

लाल बहादुर एस के
पुनर्वास/कार्तिक ५
कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ ले जेष्ठ नागरिक , दलित जेष्ठ नागरिक ,बिधवा ,एकल महिला, अतिशक्त अपांग ,पुर्ण अपांगहरुका लागि शुक्रबार विद्युतिय पानी तताउने जग बितरण गरिएको छ।
कार्यक्रमको सभापतित्व बेलौरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कलबिर चौधरी , स्वागत मन्तव्य वडा सदस्य बिक्रम चौधरीले गर्नुभएको थियो कार्यक्रममा समाजसेवी , बुद्धिजीवी , शिक्षक , सुरक्षाकर्मी लगायत सन्चारकर्मीको उपस्तिथि रहेको थियो।

बेलौरी नगरपालिका वडा नम्बर २ को आर्थिक बर्ष २०७९/०८० को लक्षितबर्गको बजेट रु ४ लाख रकम बराबर को सामाग्री २ नम्बर वडा भित्र रहेका ४५७ जना सामाजिक सुरक्षा भत्ता पाउने लाई बितरण गरिएको वडाध्यक्ष कलबिर चौधरीले बताउनुभयो । जाडोयाम मा स्वास्थ्यका लागि तातोपानी आवश्यक रहेकाले विद्युतिय पानी तताउने जग बितरण गरिएको समेत वडाध्यक्ष चौधरी बताउनुहुन्छ। कार्यक्रम को सञ्चालन बेलौरी नगरपालिका वडा नम्बर २ का सचिव श्याम कुमार राना ले गर्नुभएको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.